पथरी, २५ पुस। गायन प्रतियोगिता ‘भ्वाइस अफ नेपाल’को पाँचौ सिजनमा उत्कृष्ठ चारमा पुगेका विनोद राईलाई जिताउन उनको कर्मथलो मोरङ पथरीशनिश्चरेमा अभियान चलिरहेको छ ।
कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राई फिनालेमा प्रवेश गरिसकेका छन् । आइतबार साँझको सेमिफाइनल राउण्डबाट कोच राजेशपायल राई समूहका मकर योञ्जन फिनालेमा प्रवेश गरेका छन् । यी प्रतिष्पर्धीमध्ये अझ बलियो सम्भावना विनोदमा रहेको भन्दै उनका शुभचिन्तकहरु बढी नै उत्साहित भएर प्रचारात्मक अभियानमा छन् । उनी उत्कृष्ठ ४ मा परेपछि पथरी शनिश्चरे अन्तर्गतको पथरी चोकमा उनले आफ्नो प्रस्तुति समते दिँदै जिताउन सहयोग गर्न अनुरोध समेत गरे ।
इलामका विनोदका संगीतको कर्मथलोका रुपमा पथरी शनिश्चरेबाट संघर्षरत हुन् । पथरीशनिश्चरेमा पत्रकार सन्तोष राई संयोजक, नाट्य कलाकार तथा निर्देशक जीवन बराल सहसंयोजक, विनोदको भाई पुष्षराज राई आर्थिक संयोजक, सदस्यहरु पत्रकार भूमिप्रसाद पाठक, ईश्वर दुलाल, प्रेम भट्टराई, करण धिताल, संगीता राई, छबि ढकाल, पूर्ब जनप्रतिनिधि परशुराम न्यौपाने रहेको विनोद राई जिताउ अभियान चलिरहेको छ । उद्योग वाणिज्य संघको पूर्ब महासचिव अशोक साम्पाङ राई, गायक नन्दु गुरुङ, अमिर राई लगायतको टोली दैनिक रुपमा प्रचार प्रसारको साथै भोटिङ अभियान चलाइरहेका छन् ।
विनोद राई जिताउन पथरी बहुमुखी क्याम्प प्रमुख शान्तिराम तिम्सिना, पूर्व प्रमुख चेतन पौडेल, स्ववियू सभापति केशर राई लगायत विद्यार्थीहरु, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष धनकुमार तामाङ, सामाजिक तथा राजनीतिज्ञ प्रदिपकुमार राई, एभरेष्ट बोर्डिङ स्कुलका निर्देशक रविन कन्दङ्वा, पथरी प्याब्सनका अध्यक्ष सुरेन्द्र लिम्बू लगायतले सुमधुर स्वर भएका प्रतिभा राईलाई जिताउनको लागि खल्ति एप्स मार्फत भोट गर्न आम नेपालीभाषीहरुमा अपिल गरेका छन् । स्वर, साधना, इमान, श्रोता दर्शकको मायाको साथै गीत संगीत र साहित्यकारहरुसँग टाइटल जित्ने मुख्य आधार भएको विनोदको भनाइ छ ।

दशक अघिदेखि साधनामा लागेका विनोद राईले ब्लाइण्ड राउण्डमा मिलन नेवारको टिम रोजे । यही टिमबाट ब्याटल, लाइभ राउण्डहुँदै भोटिङको टप—८ मा परिसकोका छन् ।
माध्यामिक तह पार गर्दै पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढेका विनोदले संगीत पथरी सिकेका थिए । यहीबाट गीति एल्बम ‘पारा’ निकालेका विनोदले यस अघि दुई वटा रियलिटी सो मा ‘टप सिक्स’सम्म पुगेका थिए । राष्ट्र ब्यापी रियलिटी सो मा आफ्नै बुतामा कार्यक्रमको बेष्ट पपुलर च्वाइस अवार्डसम्म त्यहीबेला जितेका थिए ।
भ्वाइस अफ नेपालको पाँचौ सिजनमा कोच, दर्शक श्रोताको मन जित्दै आएका विनोद यो पटक टाइटल जित्ने प्रतिष्पर्धीमा अगाडि छन् ।
गीत संगीतको कर्मथलो मोरङ पथरीशनिश्चरे, जन्म थालो इलाम, नेपालको संघीय राजधानी काठमार्डौ र अमेरिका, अष्ट्रेलिया, बेलायत, हङकङ, दुवाई, कोरिया, साउदी अरब, भुटान, भारत लगायतका देशहरुमा विनोद जिताउन अभियान चलिरहेको छ । बिभिन्न देशमा रहेका सिर्जनशील आम भुटानी शरणार्थीहरुसँग राम्रो सम्बन्ध रहेको कारणले पनि भोट अन्य प्रतिष्पर्धीभन्दा बढी आउने दाबी छ ।
उनी आफै केही बर्षदेखि अमेरिका बस्दै आएको, पथरीमा रहँदा साँगै गीत, संगीत सिकेका साथीहरु र नेपाल लगायत बिभिन्न देशमा रहेका संगीतका फेनहरुले विनोद जिताउ अभियान चलाएर भोट गरिरहेका छन् । किराती समुदायको उद्यौली चासोक, साकेला लगायतका कार्यक्रममा देश नेपाल र प्रदेशभर विनोदको प्रचारप्रसार साथै भोटिङ अभियान चल्यो ।
‘भ्वाइस अफ नेपाल’ सिजन ५ को फाइनलका रुपमा ग्रान्ड फिनाले आगामी पुस २७ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् । टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । कार्यक्रम रियालिटी शो का रुपमा हिमालयन टीभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।