मुख्य

दाहाल प्रतिष्ठानको कार्य समितिलाई पूर्णता

दमक/ गत माघ १६ गते सम्पन्न दाहाल प्रतिष्ठानको चौथो महाधिवेशनबाट निर्वाचित हुन नसकेका केही पदहरु सोमबार प्रक्रिया पूरा गरेर निर्वाचन समितिले सर्वसम्मत घोषणा गरेको छ । यसरी सर्वसम्मत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा डोयना दाहाल, द्रोर्णाचार्य दाहाल, पुण्यप्रसाद दाहाल उपाध्यक्षमा भगवतीदेवी दाहाल, बैकुण्ठनाथ दाहाल, विष्णुप्रसाद दाहाल, यिशुराज दाहाल, दुर्गाप्रसाद दाहाल, उद्धव दाहाल, गेहेन्द्र प्रसाद दाहाल, बलराम दाहाल, सिताराम दाहाल र केशव दाहाल, सचिवमा प्रल्हाद दाहाल, शिवहरी दाहाल, मनोहरि दाहाल, चिरञ्जीवी दाहाल र नेत्रप्रसाद दाहाल रहेका छन् ।
यसअघि १२५ सदस्यीय कार्यसमितिमा अध्यक्ष–१, सहअध्यक्ष–१, महासचिव–१, सहसचिव–५ र कोषाध्यक्ष–१ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । निर्वाचन प्रकृया पूरा भएपछि कार्यसमितिको पहिलो बैठक बसी विभिन्न विषयमा छलफल गरेको छ । नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष शालिग्राम दाहालको पनि उपस्थिति रहेको थियो । निर्वाचन सम्पन्न गर्न केशव दाहालको संयोजकत्वमा रामकुमार दाहाल र चिन्तामणि दाहाल रहेको निर्वाचन समिति गठन भएको थियो ।

You may also like