उर्लाबारी, १ कार्तिक –
मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको टोलीले उर्लाबारीबाट ६ जना सडक मानवको उद्धार गरेको छ ।
उर्लाबारी नगरपालिका र इलाका प्रहरी कार्यालयको सहयोगमा उनीहरुको उद्धार गरि विराटनगरस्थित आश्रममा राखिएको छ । उर्लाबारीको मावा खोला पुल छेउबाट १ महिलासहित ४ जना, उर्लाबारी चौकबाट १ जना र मंगलबारेबाट १ जनाको उद्धार गरिएको हो ।
मानव सेवा आश्रमका अभियन्ता आनी छोइङ डोल्मासँगै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष कल्याणकुमार राई, ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ५ का कार्यवाहक वडाध्यक्ष सुरेश आचार्य, उर्लाबारी प्रहरी प्रमुख देवेन्द्र दास सहितको सहभागितामा उद्धार गरिएको हो । व्यवसायी तथा समाजसेवी सर्वजीत भण्डारीलगायतको उपस्थिति थियो ।
उनीहरुको दीर्घकालीन व्यवस्थापनको लागि मानव सेवा आश्रमले विराटनगर आश्रममा पठाइएको जनाएको छ ।