अन्तर्राष्ट्रिय मुख्य

सिक्किममा मृत्यु हुनेको संख्या ३८ पुग्यो

दमक, २० असोज –
टिष्टा नदीको बाढीका कारण भारतको सिक्किमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको छ । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ । बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो । भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिक सहितको खोजी जारी राखेको छ ।
धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ । बाढीले बगाएर पश्चिमबंगालको तल्लो क्षेत्रको बंगलादेशको सीमा नजिक पुर्‍याएका शवहरु पनि उद्धार गरिएको छ ।
हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्यका केहि सहजता भएको छ । बाढीका कारण डुवान हुँदा वस्तीमा ठूलो क्षति पुगेको छ ।

Author

You may also like