देश–समाज मुख्य स्वास्थ्य

दमक अस्पतालमा मोडुलर अप्रेशन कक्षको तयारी

दमक, १९ असोज –
दमक नगर अस्पतालले कोशी प्रदेशमा सरकारी अस्पतालमा पहिलो ‘मोडुलर अप्रेशन कक्ष’को तयारी गरेको छ ।
अस्पतालमा मोडुलर अप्रेशन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल प्रवक्ता दुर्गा दंगालले जानकारी गराइन् । अत्याधुनिक र मानवस्वास्थ्यको अधिकतम प्रतिकुल ३ वटा मोडुलर अप्रेशन कक्ष तयार भएपछि अप्रेशन कक्षको अभावमा अप्रेशनका विरामीले पालो पर्खिनुपर्ने वाध्यता अव टर्ने वताइन् । उनले हालकोस्थितीमा दिनमा ६ देखि ९ जनासम्मको मेजर अप्रेसन हुने गरेको र अप्रेशनको पालो डेढ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको सुनाइन् । ‘दक्ष जनशक्ति छँदैछ । अव ३ वटा आधुनिक मोडुलर कक्ष भएपछि अप्रेशनमा पालो कुर्नु पर्ने अवस्था हुँदैन ।’- उनले खुसीकोस्थिती दर्शाइन् ।
नगरको आन्तरिक श्रोतबाट अस्पतालको नयाँ भवनमा ८० लाखमा मोडुलर ओटी र ८० लाखमै अक्सिजन पाइपलाइन जडानको काम भइरहेको छ ।
साथै केहि दिनमै नगर अस्पतालले दूरविनको प्रयोगबाट महिलाको पाठेघरको शल्यक्रिया (अप्रेशन) गर्ने भएको छ ।
पित्तथैली र एपेन्डिक्सको दूरविनबाट अप्रेशन गर्ने गरिएको भएपनि दूरबिनमार्फत ल्याप्रोसकोपी विधिबाट पाठेघरको समेत अप्रेशन थालिने उनले जनाइन् ।
अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा .दिनेश मीत, डा.दिनेश नाल्बो र डा. कृष्ण साहको टिमले पछिल्लो समयमा एकै दिनमा ३ जना महिलाको पाठेघरको अप्रेशन गरेका छन् । केहि समय बन्द रहेको जेनेरल सर्जरीको सेवा डा.दिनेश नाल्बोबाट पुन सञ्चालन भएको छ ।

Author

You may also like