दमक/दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् ।
अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले अपराधीलाई जोगाउन प्रहरीले किटानी जाहेरीमानै गरेको व्यवहारलाई लिएर आशंका गरेका छन् । मुख्य अभियुक्तलाई पड्कीएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताएका छन् ।
बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ, दमक–३ मानै बसोबास गर्ने संखुवासभा मादीका गणेश दर्जी, मोरङ उर्लाबारी–६ का प्रकाश कार्की, ७ का धु्रव गौतम र इटहरीका डेविड घले रहेका छन् ।
सीसी क्यामेरा फुटेजमा दमक–३ का नम चेम्जोङलाई देखेपछि बिहीबार उनको नाम पनि किटानी जाहेरी दिइएको छ । बुद्धि थापा र नम चेम्जोङको नाम दर्ता गराउन भने प्रहरीलाई धेरै दवाव दिनु परेको पीडित पक्षले बताएका छन् । यही विषयमा बिहीबार दमक थानामा निकै तनाव रहेको थियो
नाराहर पनि लगाइएको थियो ।
थापा एमालेबाट निर्वाचित प्रदेश सांसद होमबहादुर थापाका भाइ तथा पूर्व मेयर रोमनाथ ओलीका साला हुन् भने चेम्जोङ एमालेका राम्रै कार्यकर्ताको रुपमा चिनिन्छन् । मृतक ३७ वर्षीय निरौलाका श्रीमतीसहित ११ वर्षीय छोरा र ९ वर्षीय छोरी रहेका छन् । यस घटनामा आरोपित मध्ये २ जना ध्रुव गौतम र प्रकाश गौतम पक्राउ परेका छन् ।