मुख्य स्थानीय

दमकमा पर्यटक अल्मलिने ठाउँको अभाव

दमक, २९ भदौ
-दमकमा पर्यटक अल्मलिने ठाउँको अभाव देखिएको छ । पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्धन गरेर मनोरञ्जन गर्नेहरुको रोजाइमा पूर्वका जिल्लाहरु ताप्लेजुङ, इलाम, झापा रहेका भएपनि झापाकै दमक भने पर्यटकीय दृष्टकोणले ओझेलमा परिरहेको ब्यवसायीहरुको गुनासो छ ।
पर्यटकीय दृष्टिकोणले पूर्वी जिल्ला झापाको छुट्टै विशेषता छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगमले नेपालको पर्यटन क्षेत्रमा झापाले छुट्टै पहिचान बनाउन सफल भएको छ । झापा । पर्यटकीय दृष्टिकोणले पूर्वी जिल्ला झापाको छुट्टै विशेषता छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगमले नेपालको पर्यटन क्षेत्रमा झापाले छुट्टै पहिचान बनाउन सफल भएको छ ।
८ नगरपालिका र ७ वटा गाउँपालिका रहेको झापामा दोमुखा, अर्जुनधारा धाम, किच्चकवध, जामुनखाडी सिमसार क्षेत्र, केचना, बाँसबारी सिमसार क्षेत्र सुखानी पार्क, सतासीधाम प्रमुख पर्यटकीय क्षेत्र हुन् । झापामा अजुनधारा, कनकाई, दोमुखा, कचनकवल लगायतका स्थानमा आन्तरिक पर्यटकको प्राय वर्षायाम बाहेकका हरेक महिनाजसो भिड लाग्ने गरेको भएपनि झापाको दमकमा भने पर्यटन तान्ने आकर्षक स्थल अभावका कारण आन्तरिक र वाहिरी पर्यटक लामो समय टिकाउन नसकिएको होटल ब्यावसायी संघ प्रदेश समितिका अध्यक्ष राजन दंगालले बताए ।
मानिसहरू अनुकूल समय मिलाएर स्वदेश तथा विदेशका विभिन्न प्राकृतिक रमणीय स्थल, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको तीर्थस्थल, सम्पदा क्षेत्र, ऐतिहासिक स्थल, बस्ती, पार्क आदि घुम्न जाने प्रचलनको विकास हुन थालेको छ । सामान्य बुझाइमा यसरी घुम्नु नै पर्यटन हो । पर्यटनमा आयव्ययको हिसाब गरिँदैन, केवल मनोरञ्जन वा आनन्दको अनुभूति लिने वा कुनै नयाँ जानकारी वा ज्ञान प्राप्त गरिन्छ । विश्व पर्यटन संठनका अनुसार एक रात बिताउन भनेर घरबाट टाढा रहने व्यक्तिलाई पर्यटक भनिन्छ । त्यसैले तीर्थाटन, व्यापार, व्यवसाय, तालिम वा अध्ययन, औषधी उपचार, रोजगार, खेलकुद आदिका लागि गरिने यात्राले पर्यटनको झल्को दिन्छ ।
नेपाल विविध धार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिएको देश हो । देशको हरेक गल्ली, चोक, डबली, सडकमा रहेका ऐतिहासिक मन्दिर, चैत्य, विहार, हिटीहरूले खुला सङ्ग्रहालयको झल्को दिने गरेको छ । जैविक विविधतायुक्त हरिया पहाड तथा त्यहाँको चट्टान चिरेर निस्केको झरना, नदी, तालतलैया, चाँदी झैँ टल्कने उच्च हिमशिखरले देशलाई पर्यटनको दृष्टिले धनी बनाएको छ । यसैका लागि देशमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने गरेको छ ।
प्रकृतिको उपयोग गरी देशमा पर्वतारोहण, जलयात्रा, साइकलयात्रा, बेलुनयात्रा, घोडचढी, बन्जीजम्प, स्किइङ, ग्लाइडिङ, कायकिङ, वन्यजन्तुको अवलोकन जस्ता साहसिक तथा मनोरञ्जनात्मक कार्यमार्फत् पर्यटन उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउन सकिन्छ, उनले भने । भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सबै दृष्टिकोणबाट नेपाल पर्यटनको विकास र विस्तार गर्न सक्ने प्रशस्त संभावना बोकेको देशका रूपमा रहेको छ ।

Author

You may also like