मुख्य स्थानीय

निजामति दिवसमा सम्मान र सरसफाइ

उर्लाबारी÷ मोरङको उर्लाबारीमा निजामती सेवा दिवस २०८० को अवसरमा सरसफाई गरिएको छ । शुक्रबार उर्लाबारी नगरपालिकाको आयोजनामा उर्लाबारी चौकमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, वडाध्यक्षहरु, प्रहरी, विभिन्न राजनीति दलका प्रतिनिधि, संघ संस्था, सञ्चारकर्मी, स्थानीयलगायतको उपस्थिति रहेको थियो । उर्लाबारी चौकमा रहेको फोहोर संकलन गर्दै सरसफाई गरिएको थियो ।
सो दिवशका सन्दर्भमा भद्रपुरमा आयोजित कार्यक्रमम विभिन्न विधामा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ ।
भद्रपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुरमा सम्पन्न कार्यक्रममा २०७९ को एसइई परीक्षा तथा कक्षा ८ मा नगरपालिकाभित्रबाट उत्कृष्ट विद्यार्थी, सेवानिबृत शिक्षक, कुशल प्रधानाध्यापक र राष्ट्रपति रनिङशिल्ड २०७९ मा सहभागिलाई कदरपत्र सहित विभिन्न विधाका उत्कृष्टलाई सम्मान गरिएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०७९ सालको एस इई परिक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई उतिर्ण हुने हिमाली मावि भद्रपुर १ का ३ं दशमलव ७ जिपिए ल्याउने छात्र प्रतीक देउजा र छात्रा विरेन्द्र मावि चन्द्रगढीबाट ३ दशमलव ं७५ जिपिए ल्याउने छात्रा स्वीकृति पौडेललाई एकएक सेट ल्याप्टप सहित कदर पत्रले सम्मान गरियको थियो

Author

You may also like