अर्थ मुख्य

स्वर्णलक्ष्मीको आम्दामी २ करोड ५४ लाख

जेवी खड्का
गौरादह÷ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा २ करोड ५४ लाख ६२ हजार ६ सय रुपैयाँ आम्दामी गरेको छ ।
संस्थाको १४ औं बार्षिक साधारणसभा अन्तर्गत गौरादह सेवा केन्द्रको इकाइगत साधारणसभामा अध्यक्ष बुद्धिसागर बरालले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संस्थाले सो आर्थिक बर्षमा कुल आम्दानी २ करोड ५४ लाख ६२ हजार ६ सय गरेकोमा कर कटाएर २ करोड ४२ लाख २९ हजार १ सय ८ खुद बचत गरेको उनले जानकारी गराएका छन् ।
जसमा १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय ६७ रुपैयाँको कुल कारोवार गर्दै शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय जम्मा गरेको पनि उल्लेख छ । संस्थामा जगेडा कोष ७ करोड ६ लाख ९४ हजार ३४ रुपैयाँ रहेको लेखा समिति संयोजक गायत्रीप्रसाद पराजुलीले बताए ।
गौरादह नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपालप्रसाद कोइरालाले साधारणसभाको उद्घाटन गरेका थिए ।
संस्थाले सेयर सदस्यहरुका लागि बिप्रेषण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यबसायिक साकोस विकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सूचना प्रणाली, सीपमुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहत, दीर्घरोग राहत, शल्यक्रिया उपचार खर्च, आर्थिक लगानी लगायतका कार्यक्रम सञ्चालन गरेको छ । संस्थाका गौरादह सेवा केन्द्र प्रमुख विनिता खनालले सो बारे जानकारी गराएकी थिइन ।
प्रधान कार्यालय दमकमा रहेको संस्थाले हालसम्म झिलझिले, गौरादह,उर्लाबारी, सुरुङगामा सेवा केन्द्र संचालन गरि सेवा दिइरहेको र पथरीमा सेवा केन्द्र संचालनका लागि प्रस्ताव गरिएको संस्थाका झिलझिले सेवा केन्द्र प्रमुख सुशील गड्तौलाले जानकारी गराए । संस्थामा हालसम्म झापा जिल्लाभित्र ३ हजार ४८ जना सेयर सदस्यहरु रहेका छन् ।

Author

You may also like