मुख्य

आदिवासी रंगशालाको डिपीआर बनाइँदै

कमल/ झापाको कमल गाउँपालिका–५ मा निर्माणका क्रममा रहेको आदिवासी रंगशालाको डिपिआर बनाउने काम शुरु भएको छ । प्रदेश सरकारको योजनामा परेको रंगशालाको काम थाल्नका लागि डिपीआरको काम शुरु गरिएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जनाएको छ ।

रंगशालाका महासचिव दिपेनवाला राईका अनुसार प्राविधिकसहितको टोलीले रंगशाला समिति, सरोकारवालाहरुको उपस्थितिमा रंगशालामा स्थलगत अध्ययन गरि नापनक्साको काम शुरु गरिएको छ । यसअघि समेत रंगशालाको डिपीआर भएपनि त्यसको कागजातहरु फेला पार्न सकिएको थिएन । वर्तमान प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट बिनियोजन गरेपछि त्यसको प्रारम्भिक चरणका काम थालिएको महासचिव राईले जनाएका छन् । यसैबीच प्रतिष्ठानले रंगशालाको निर्माण कार्यलाई तीव्रता दिन सरकारी निकाय तथा सरोकारपक्षहरुलाई सहयोगका लागि छलफल समेत थालिएको जनाएको छ ।

 

Author

You may also like