मुख्य

पुष्पलताप्रति श्रद्धाञ्जली प्रकट

दमक/दमक जेसीजका संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष, राजनीतिकर्मी तथा समाजसेवी पदम कोइरालाकी पत्नी स्वर्गीय पुष्पलताप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको छ । दमक जेसीजका अध्यक्ष सञ्जीव बरालको नेतृत्वमा दमक ९ स्थित निजी निवास पुगी जेसीज परिवारले कोइराला लगायत परिवारजनमा समवेदनासमेत प्रकट गरेको हो ।
दिवङ्गत भएको सातौँ दिन सोमबार नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक जेसीजका कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरूको उपस्थितिमा शोक सभा आयोजना गरिएको थियो । सोही समयमा दमक बहुमुखी क्याम्पस व्यवस्थापन समिति परिवार, प्राध्यापक र कर्मचारीहरू लगायत नेपाल विद्यार्थी सङ्घका विद्यार्थीहरूले पनि छुट्टा–छुट्टै श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेका थिए । ८० वर्षको उमेरमा पत्नी वियोगमा पर्नुभएका आदरणीय पदम कोइराला लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको शान्तिका लागि एक मिनेट मौधारण गरिएको थियो । त्यसैगरी श्रद्धाञ्जली तथा समवेदना पत्र वाचन गरी परिवारजनलाई हस्तान्तरण गरियो ।

Author

You may also like