दमक/ झापाको दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले महिलाहरुलाई उत्पादनमा जोड्न सके मात्रै समाजको विकास हुने बताएकी छन् । महिलाहरु आप्mनो ब्यवहार सञ्चालन गर्न परनिर्भर भैरहँदा समाज एकपक्षीय बनेको भन्दै उनले महिलालाई उत्पादनका कुरामा जोड्न सके स्वाबलम्बी बन्ने र त्यसले सामाजिक विभेद अन्त्य हुने तर्क गरिन् ।
दमक–४ स्थित चन्द्रमा महिला वचत समूहले सञ्चालन गरेको जडिमाला र ठेकी सजाउने तालिम समापनका अवसरमा कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले यस्ता तालिमले गृहिणीहरुलाई फाइदा हुने बताएकी हुन् । घरका कामहरु भ्याउँदै आम्दामी गर्न सकेमा गृहिणीहरु पनि स्वाबलम्बी हुने भन्दै उनले महिलाहरु आत्मनिर्भर भएमा समाजका बिभिन्न प्रकारका विभेद हटेर जाने विश्वास ब्यक्त गरिन् ।
चन्द्रमा महिला वचत समूहले दमक नगरपालिकाको सहयोगमा ७ दिने जडिमाला तथा ठेकी सजाउने तालिम सञ्चालन गरेको नगरकी महिला शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् । समूहमा रहेका २० जना महिला सहभागी भएको कार्यक्रममा ललिता धिमालले जडिमाला बनाउन र ठेकी सजाउन सिकाएकी थिइन् । समूहकी अध्यक्ष रुद्रकुमारी राईको अध्यक्षतामा भएको समापन कार्यक्रमा दमक वडा नम्बर ४ का वडा अध्यक्ष पुण्य प्रसाद दाहाल, नगर कार्यपालिका सदस्य सावित्रा भट्टराई सापकोटा, दमक ४ का निवर्तमान वडा अध्यक्ष कुमार साम्सोहाङ सहित सहभागीका तर्पmबाट हेमकला न्यौपानेले बोलेकी थिइन् ।