मुख्य

वातावरण दिवसमा दमक जेसीजको वृक्षारोपण

दमक/ दमक जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर आइतबार दमकमा वृक्षरोपण गरेको छ । दमक–८ बालुवाटारस्थित दमक जेसीजको निर्माणाधीन प्रशिक्षण केन्द्र भवन परिसरमा अमला, टिक, मसला लगायतका प्रजातीका विरुवा रोपिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए ।
त्यस अवसरमा जेसीजले वातावरण संरक्षणका लागि जनचेतना जगाउँदै स्थानीयबासीहरुलाई वृक्षारोपण र वातावरण संरक्षणका लागि प्रोत्साहन गर्न विभिन्न प्रजातीका विरुवा समेत प्रदान गरेको दमक जेसीजका कोषाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए । ती विरुवा दमक–३ को वडा कार्यालयले स्थापना गरेको नर्सरीबाट उपलब्ध गराएको बताइएको छ । सो कार्यक्रम सरोज ढकालको संयोजकत्वमा तथा दमक–८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) को प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा स्थानीयको तर्फबाट हेम सुवेदीले धन्यवाद व्यक्त गरेका थिए । दमक जेसीजका अध्यक्ष बरालले पूर्वअध्यक्षहरु तथा दाताहरुको सहयोगमा तत्कालै विभिन्न किसिमका सीप सिकाउने प्रशिक्षण केन्द्रको भवन निर्माण कार्यलाई प्रारम्भ गरिने जानकारी दिए । सोका लागि दमक जेसीजका पूर्व अध्यक्ष भगवान बस्नेतको संयोजकत्वमा निर्माण समिति गठन गरी काम थालिएको छ भने संस्थाले दाताहरुका अतिरिक्त स्थानीय र प्रदेश सरकारबाट समेत आवश्यक बजेट व्यवस्थापन गरी भवन बनाउने जनाइएको छ ।

Author

You may also like