जल नेै जीवन हो भन्ने विचार सृष्टिको प्रारम्भ देखिनै जनमानसमा विद्यमान रहंँदै आएको छ । मानव जीवनलाई स्वस्थ ,स्फूर्त र निरोगी बनाउन तथा प्राकृतिक स्रोत साधनहरुको परिचालनमा जलसम्पदाको ठूलो भूमिका रहेको हुन्छ । मानव जीवन यात्राको अनन्त विकास क्रममा आदिकाल देखिनैे जल सम्पदालाई जीवनदायिनी स्रोतको रुपमा चित्रण गरिएको छ । मानिसको भाषा, संस्कृति, धर्म, परम्परा, तथा अन्य संस्कारहरुमा जलको उपयोगितालाई अनिवार्य रुपमा स्वीकार गरिएको छ । प्राचीन कालमा पर्यावरण स्वच्छ, हराभरा र सुन्दर थियो, कुनै किसिमको वातावरणीय प्रदूषण तथा जल संकट हुने अवस्था थिएन । तर वर्तमान विश्वमा प्रकृतिको जल जीवन–चक्र विषाक्त भइसकेको छ । संसारको तीव्र औद्योगिकरण र शहरीकरणले गर्दा प्राकृतिक स्रोत साधनहरुको खपत अत्याधिक मात्रामा बढदै गइरहेको कारणले धूलो ,धुँवा र अन्य हानिकारक रसायन हरुले गर्दा स्वच्छ श्वास लिने ठाउँको कमी भएर अक्सिजनको मात्रामा समेत कमी आइरहेको देखिन्छ ,जसले गर्दा कोरोना महामारी जस्ता रोगहरुले गर्दा संसार भरि नै त्राहिमाम भइरहेको छ ,करौडौं मानिसको जीवन खतरामा परिसकेको छ । लाखौं मानिसहरुले जीवन गुमाइ सकेका छन् ।संसारका कतिपय डाक्टरहरु औषधि बनाउन व्यस्त छन् तर रोग नियन्त्रण हुने स्थिति देखिएको छैन । विश्वमा देखापरेको यो असहज अवस्थालाई केही मुलुकहरुले जैविक हतियारको रुपमा चीनले प्रयोग गरेको कोरोना भाइरसले गर्दा विश्व खतरामा परिसकेको छ ।
प्राकृतिक जल साधन माथि आइपरेको महासंकटलाई समाधान गर्न वैज्ञानिक ढंगले वन व्यवस्थापन गर्न सकिएन भने यो संकट कोरोना महामारी भन्दा पनि बढी त्रासदीपूर्ण नहोला भन्न सकिन्न । यस्तो अवस्थामा मानव जीवन संगसंगै अन्य प्राणीहरु तथा बोट बिरुवाहरु समेतको अस्तित्व संकटमा पर्ने कुरा निश्चितनै छ । पूर्वीय दर्शनमा अवतारवादको पहिलो अवतारमा मत्स्य अवतारमा भगवान प्रकट भएपछि जलमा निवास गर्ने परमपिता परमेश्वर बाट संसारको रक्षा हुन गएको थियो । जलचर माछाको रुप धारण गरी ईश्वर संसारमा प्रकट हुनुलाई विशेष अर्थमा हेरिनु पर्दछ । भगवानको पदार्पण कच्छप रुपमा भएपछि भगवानले पातालबाट धरतीलाई ल्याएर जोगाउनु भएको थियो । त्यस्तै हिमालयमा भगवान शिव र पार्वती विराजमान हुनुले पनि हिउँमा घर भएको भगवान महादेवको कृपाले पानीको स्रोत कहिले पनि सकिँदैेंन भन्ने मान्यता रहेको छ । हिन्दु संस्कृतिमा मानसरोवरदेखि कैलाश पर्वत ,हिन्द महासागर ,गंगा ,यमुना ,बागमती ,कोशी ,कमला ,आदि नदीहरु तीर्थ स्थलको रुपमा प्रसिद्ध रहेका छन् । यस संसारमा बस्ने सबै जलचर ,थलचर ,नभचर र धर्तीमुनि बास गर्नेे प्राणीहरु तथा जीवजन्तुहरुको लागि जलसम्पदा निःशुल्क प्राकृतिक उपहारको रुपमा रहेको छ ।प्रकृतिमा रहेको जलसम्पदालाई उपयोग गर्ने अधिकार सबै जीवजन्तु र वनस्पतिलाई मानिस जत्तिकैे आवश्यक छ र यो सुरक्षित रहनु पर्दछ ।
तर वर्तमान समयमा प्रकृतिमा निःशुल्क रुपमा रहेको जल साधनका स्रोतहरुमाथि माथि पानी व्यापारीहरुको नजर परेपछि पानीमा बजारीकरण गरेर पैसा कमाउने रणनीति अगाडि बढन थालेपछि पानी ब्रान्डको रुपमा बजारमा आउनुलाई गरीबहरुको चिन्ता बढ्न थालेको छ ा तीव्र शहरीकरण र औद्योगिकरणले गर्दा जल जमीन र जंगलको अस्तित्व समेतलाई खतरामा पार्दै लगेकाले जल संकट विश्वव्यापी समस्याको रुपमा भयावहपूर्ण ढंगले अगाडि आइरहेको छ ।
जल संकटको समस्या नेपालको मात्र होइन । जल संकटको यो डरलाग्दो अवस्था संसारका लागि खतरापूर्ण रहेको छ । जल संकटको यो भयावह अवस्थाले गर्दा सम्पूर्ण मानव समाज सखाप हुँदै जाने संभावना बढ्न थालेको छ ।
पानी संकटको समस्या सम्पूर्ण समाजका लागि चिन्ताको विषय रहेको छ ।त्यसैेले विश्व भरका जलस्रोतविदहरुको राय सल्लाह र सुझाव बारे बुभ्mन सन् १९९२ मा संयुक्त राष्ट्रसंघका महासचिवले भनेका थिए कि अहिले सम्मका विश्वयुुद्धहरु भूमिका लागि भएको थिए भने अब तेस्रो विश्वयुद्ध पानीको विवादबाट चर्किने छ । यसरी विश्व भरिनेै जल संकटको गम्भीरताबारे चिन्ता र चासो बढ्दै जानु विवेकशील समाजका लागि आवश्यक हो । विश्वको सम्पूर्ण जलस्रोतको २ं३ प्रतिशत ओगटेको नेपालमा जलस्रोत विश्वकै सबैभन्दा बढी जलस्रोत सुविधा भएको देश ब्राजिल पछिको दोस्रो अवस्थामा रहेको जलस्रोत हो , जसबाट करीब ८३००० मेगावाट जलविद्युतको उत्पादन गर्न सकिन्छ ।तर जल साधनको उचित व्यवस्थापन हुन नसक्दा खानेपानी ,कृषि ,उद्योग लगायतका क्षेत्रहरुमा विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढ्दै गइरहेको छ । विद्युत उत्पादन ,लगानी र विदेशी मुद्रा आर्जनमा देश अझै परनिर्भर बन्ने अवस्था विद्यमान रहेको छ ।नेपालमा रहेको पानी भारत तिर बगेर जान्छ तथा भारतमा ठूलो जनधनको क्षति निम्त्याउनमा महत्वपूर्ण भूभिका खेलेको हुन्छ । यस्तो अवस्थालाई मनन गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहाडमा पानी र जवानी बस्दैन भनेर भनेका थिए । उनले भनेको कुरा अझै पनि सान्दर्भिक छ भनेर भन्न सकिन्छ । नेपालको जनसंख्या करीब साढे तीन करोडको हाराहारीमा पुगेको छ । कृषि क्षेत्रमा सिंचाइ सुविधा नपुगेकाले प्रत्येक वर्ष नेपालले खाद्यान्न संकटको अवस्था ब्यहोरिरहेको छ ।वैदेशिक व्यापार सन्तुलन खस्किँदों अवस्थामा रहेको छ । देश रेमिट्यान्स र विदेशी दानदाता राष्ट्रहरुको दया–मायामा चलिरहेको छ । बेरोगारीको समस्या विकराल र भयावह रुप लिंँदैे छ । यस्तो अवस्थामा नेपाललाई धनी बनाउने चाहना लाई मूर्त रुप दिन जलस्रोतको सदुपयोग गर्नु आवशयक छ ।हिमालमा जलस्रोतको अथाह भण्डार हुँदा ंहुंँदै पानीका लागि घन्टौं भौँतारिनु पर्ने अवस्थाबाट पहाडका जनता मुक्त हुन सकेका छैनन् । तराइमा भूमिगत पानीका स्रोतहरु सुक्न लागेको अवस्था छ । आर्सेनिकयुक्त पानी खाएर बाँच्नु पर्ने बाध्यताले गर्दा बालबालिकाको जीवन खतरामा परेको छ ।शहरहरु दिन प्रतिदिन फोहोरी बस्तीको रुपमा रुपान्तरण हुँदैछन् । नेपालको ठूलो जनसंख्याको भार मधेश तराइमा बाक्लो हुने अवस्था छ जसले गर्दा देशको जनसांख्यिक अवस्था असन्तुलित हुन पुगेको छ ।गाउँमा सफा पानीको वितरण हुने आवश्यकताबारे कसैलाई चासो छैेन । कल कारखानाहरुबाट निक्लेको फोहोरले नदीका पानीका स्रोत र मुहानहरु ढलमा रुपान्तरण हुन थालेका छन् । फोहोरपानी उपभोग गर्दा जनता अनाहकमा जीवन गुमाउन पुग्दछन् । नदीको पानीलाई सफा पारेर पानी व्यापारीहरुले पानीलाई बोतलमा बन्द गरेर बजारमा बेच्दछन् । गरीबहरुले सफा पानी खरीद गरेर खान सक्ने हैसियत छैन । यस्तो अवस्थामा पानी माथिको जनताको नैसर्गिक अधिकार कुण्ठित बन्न पुगेको छ । संयुक्त राष्ट्रसंघको एउटा सर्वेक्षण अनुसार विश्वमा प्रत्येक ६ जना मध्ये एकजना सफा खानेपानीको उपभोग बाट बन्चित रहनु परेको छ । विश्व आवादीको करीब ३ अर्ब जनताले पर्याप्त पानीको अभावमा फोहोरी जीवन बिताउनु परेको छ । जल संक्रमित रोगहरुका कारणले प्रत्येक आठ सेकेन्डमा एउटा बच्चाको मृत्यु हुन्छ ।विगतको शताब्दीभन्दा अहिले विश्वको जनसंख्या तीन गुणाले बढेको छ । एउटा अनुमान अनुसार सन् २०५० सम्ममा प्रत्येक चार जनामा एक जना पानीको समस्याबाट ग्रसित हुने छ । जल संकटको वातावरणीय असरबाट भविष्यमा मानव जीवनको अस्तित्वमा नै प्रश्न खडा भइरहेको छ । यस सम्बन्धमा सरोकारवालाको ध्यान आकृष्ट हुनु जरुरी छ । परम्परागत इनार मासिइ सक्यो । धाराको खानेपानी दूधभन्दा महँगो छ । बोतलको पानी खाने ल्याकत जनतामा छैन, यस्तो अवस्थामा छिन छिनमा देखापर्ने राजनीतिक अस्थिरताले गर्दा देशका जनताले सफा पानीको लागि कति संघर्ष गर्नुपर्ला भन्न सकिन्न ।