काठमाण्डौ । आफ्नै साथीहरु आक्रमक बनेपछि संसद विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले सत्ता पक्षकै साथीहरु आक्रमक भएपछि संसद विघटन गर्नुपरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यो विघटन जनताको ताजा जनादेशका लागि भएको उल्लेख गरे ।
नेकपाका दुईजना अध्यक्ष मध्ये एक जनाले सरकार र अर्काेको पार्टी सञ्चालनको जिम्मेवारी भएपनि त्यसो नगरी अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सत्ता परिर्वतनको खेलमा लागेको ओलीले आरोप लगाए ।
तर यस्तो परिस्थितीमा पनि सरकारले ठीक ढंगले काम गरी जनताका गुनासोहरु सम्वोधन गर्दै सरकारले उल्लेख्य उपलव्धि हाँसिल गरेको उनको भनाई छ ।
पार्टीमा देखिएको समस्या समाधानका लागि आफुले धेरै प्रयास गरेपनि अर्काे पक्षले महाअभियोको तयारी गरेपछि प्रतिनीधिसभा विघटन गर्नुपरेको उनले स्पष्ट पारे । उनले अबको निर्वाचनका लागि जनता समक्ष एजेण्डा पु¥याउन सर्वदलहरुलाई आग्रह पनि गरे ।