देश–समाज

गोरखामा ४ रेक्टरस्केलको भूकम्प गयो

काठमाडौं, गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद्का अनुसार बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यस अघि सुदूरपश्चिममा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

You may also like