धनञ्जय बाँस्कोटा,
छालाको जुत्ता
ग्रिसका कथावाचक इसपले आजभन्दा छब्बीस सय वर्षअघि भनेको एउटा कथाबाट आजको उठान गर्न अनुमति चाहन्छु । प्राचीन समयमा एउटा धनी मुलुकका धनी राजा थिए । उनले दरबारबाहिर कहिल्यै पनि जानुपरेन, न त कुनै काम गर्नुपथ्र्यो । कतै जाँदा पनि घोडा सवार हुन्थ्यो उनका लागि । उनका खुट्टाले ढुङ्गा त के, माटो पनि छुनु पर्दैनथ्यो ।

एक दिन माथि डाँडाको सुन्दर वातावरणले उनलाई लोभ्यायो । त्यो कठिन बाटो थियो । घोडा पनि नहिँडन्े । उनले आप्mना मान्छेको हूल लिएर उकालोको यात्रा सुरm गरे । उनले कहिल्यै जुत्ता लगाउनु परेको थिएन, यसपटक पनि उनी खाली खुट्टै हिँडे । सबै जनता खाली खुट्टै हिँड्छन् भने मचाहिँ किन नहिँड्ने ? तर, जब उनीहरु केही माथि पुगे, राजाका पाइतालामा फोका उठे, पाइलो नसर्ने भयो । तुरmन्तै उनले आदेश दिए, ‘ल, रोडाले मेरा खुट्टा नाश ग¥यो । यी सबै बाटाहरुमा छाला ओछ्याउनु, तुरmन्त ।’ सबै जना जिल्ल परे । तर, राजाको आदेश कसरी नमान्नु ? अनि ती छाला बटुल्न गाउँभरि छिरे । सहरभरि छिरे । छाला बटुले । पुगेन । अनि जनावर मारेर छाला उदिन्न थाले । लैना बस्तुदेखि पाल्तु जनावर सखाप हुन थाले ।

यो त अति भयो भनेर एक जना मन्त्रीले साहस लिएर भने, ‘सरकार, यो त हजुरले भनेको ठिकै हो । तर हाम्रा सबै प्राणी मार्नुपर्ने भयो । हजुरको घोडा पनि जाने भयो, गाई पनि, कुकुर पनि । सबै । अनि खर्च पनि अति धेरै हुन्छ । बरm हजुरले नै एक जोर जुत्ता लगाउनु भए हामी तयार गरेर ल्याइदिन्थ्यौं । यो सबै कुनै पनि काम गर्नुपर्ने थिएन । जनताको धेरै नाश भइसक्यो ।’ राजालाई यो सल्लाह उचित लाग्यो । र उनले आप्mना लागि एक जोर छालाका जुत्ता बनाउन लगाए । त्यसपछि उनको खुट्टा पनि ठीक भयो, खर्च पनि बच्यो । मुलुक र मुलुकका प्राणीहरु पनि जोगिए । तर राजाको त्यो बिकामे विचार अँगालिएको भए मुलुकको हालत के हुन्थ्यो ?

करिब अढाइ वर्षअघि प्रचण्ड, बाबुराम र केपी ओली एकै मञ्चमा उभिएर राजनीतिक सहकार्य हुँदै पार्टी एकतासम्मको कुरा प्रसारण भइरहेको दृश्य दुनियाँले देखिरहे । त्यो भनेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच ‘सहमति घोषणसभा’ थियो ।
चुनावी तालमेल हुँदे तीन पार्टीबीच बृहत् एकता गर्दै एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौँ भनेर भनियो । प्रदेश र संसद्को चुनावमा एमालेबाट ६० र माओवादीबाट ४० प्रतिशत उम्मेद्वार खडा गर्ने पनि भनियो । नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच आगामी दुवै चुनावमा चुनावी तालमेल गर्नेदेखि एउटै कम्युनिस्ट पार्टी बनाउनेसम्मको उद्घोष भइरहँदा नेपाल कम्युनिस्टीकरणमा जाने निश्चित देखियो ।

त्यो साँझको कम्युनिस्टहरुको गठबन्धनलाई नेपाली काङ्ग्रेसले निकै हतासको मनस्थितिमा प्रतिक्रिया दियो । र उसले सत्ता साझेदार माओवादी केन्द्रले धोका दिएको निष्कर्ष पनि निकाल्यो । र तुरmन्तै उसले आप्mनो नेतृत्वमा ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन पुग्यो, जुन कामै लागेन ।

भरोसा
प्रजातन्त्र भनेको दलहरुको प्रतिस्पर्धा हो । विचारहरुको प्रतिस्पर्धा हो । यसमा कुनै दलले कता एलाइन्स गरे, कता केसँग सहकार्य गरे, कोसँग तालमेल गरे भन्ने कुरा गौण हुन्छ । यसर्थ पनि वामपन्थी दलहरु एकै ठाउँमा आउनु अप्रजातान्त्रिक थिएन । दोस्रो कुरा, दलहरुको ध्रुवीकरणले राजनीतिक स्थिरता ल्याउने कुराको ग्यारेन्टी गर्न सकिन्छ भन्ने थियो ।

राजनीतिक अस्थिरताले भ्रष्टाचार, दण्डहीनता, अपराधिकीकरण सबै मौलाउने मौका पाए । र तेस्रो कुरा, नेपालमा २००६ सालदेखि कम्युनिस्ट आन्दोलनले सजाएका सपना पूरा हुने सम्भावना बढेर गयो भनियो । किनभने, त्यो घोषणासभामा नेताहरुले बोले नि, हामी दुई तिहाइ ल्याएर संविधानमा संशोधन गर्नेछौँ । कतिपय कुराहरु उहाँहरुले घोषणा नै गर्नुभयो । कम्युनिस्ट भएर कहिल्यै समाजवाद (जनवाद वा साम्यवाद) नपुगिने अवस्था आएकाले यो उपयुक्त बाटो बन्यो कम्युनिस्टहरुलाई आप्mनो पूरा हुन बाँकी रहेको क्रान्ति पूरा गर्ने । उहाँहरुले ६ सालदेखि गरेका सङ्घर्ष (सशश्त्र र शान्तिपूर्ण दुवै) साकार हुने बाटो जस्केलाबाटै भित्र आएपछि यो गठबन्धन हुन जरmरी पनि भयो भनियो ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहीनता तथा संसदीय विकृति हटाउन एउटा दलको बहुमतको सरकार बनोस् भनेकै थिए जनताले । त्यस्तै पनि भएको थियो । भारी बहुमत ल्यायो कम्युनिस्ट गठबन्धनले, पछि त्यो ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको दलमा (जेटमा) रुपान्तरण भयो, जुन जेट अहिले सङ्कटमा छ ।

काला बादलहरु
वामपन्थीहरुको एकीकरण कति स्वाभाविक हो भनेर अहिले धेरै टिप्पणीहरु भएका छन् । प्रचण्ड यो नेपालको सशश्त्र द्वन्द्वको एउटा प्रमुख पात्र हुन् । यो दसबर्से द्वन्द्व सेना समायोजन मात्र गरेर पूरा हँुदैन । द्वन्द्व समाधानको एउटा महङ्खवपूर्ण पाटो बाँकी होइन, सुरm नै भएको छैन । त्यो हो, समाजलाई व्यवस्थापन गर्ने । सत्यनिरmपण तथा मेलमिलाप आयोगले गर्ने काम खै भएका ? समाजमा पीडक र पीडितबीच अङ्कमाल गराउनु पर्दैन ? एउटाले अर्कालाई क्षमा दिनु पर्दैन ? ती काम चर्लक्कै छाडेर देशलाई कम्युनिस्टीकरणतर्पm लग्न प्रचण्ड स्वयं लाग्नुलाई नेपाली जनताले आश्चर्या मानेकै थिए उसबेला । क्रान्ति गर्ने दल नै मासेपछि जनताले गुनासो गर्ने दल पनि रहेन व्यक्तिबाहेक । अर्को कुरा, उहाँहरुको घोषणामै भनिएको थियो– ‘अन्ततः समाजवादमा जाने’ । त्यो समाजवाद भनेको यो अहिले भएजस्तो सङ्घीय लोकतान्त्रिक गणतन्त्र होइन नि ! अहिलेको जस्तो प्रजातन्त्र पनि होइन नि ! त्यो भनेको क्युबा, चीन, उत्तर कोरियाको जस्तो राजनीतिक मोडेलहरुमध्ये कुनै एउटा हुने हो । उहाँहरु समाजवादमा जाँदा यो प्रजातन्त्र के हुने भन्ने आशङ्का उब्जिएकै हो ।

यो वाम एकीकरणको कुरा सिद्धान्तमा सुन्दर थियो । तर, व्यवहारमा उतिकै कठिन थियो । अहिलेको साइबर युगलाई जीवनको अनन्य पाटो बनाएका नेपाली युवा पिँढीले विदेशी टेलिभिजन च्यानल हेर्न नपाउने, मोबाइल फोन बोक्न नपाउने र इन्टरनेटको प्रयोग गर्न नपाउने उत्तर कोरियाको समाजवाद स्वीकार्छन् भनेर कसरी पत्याउने ? फेरि ‘लुटवाद’मा प्रतिस्पर्धा गरिरहेका यी ठूला दलहरुको समाजवादी यात्रा कसरी पूरा हुन्छ ? न्यायालय, अदालतदेखि प्रहरी प्रशासनलाई ‘परिचालन’ गरेर रमाएर बाँचेका दलहरु कसरी समाजवादको यात्रामा टिक्लान् ? निजी पुँजीलाई मरिहत्ते गरेर सरकारी संयन्त्र र पुँजीलाई पङ्गु बनाउन अहम् भूमिका खेली निजी अस्पताल, निजी विद्यालय, निजी कलेज र ठूला निजी प्रतिष्ठान खोलेर अर्बौंको लगानी गरेर राज्यलाई नै चुनौती दिन सफल एमाले र माओवादी नेताहरु कसरी समाजवादमा अट्न सक्लान् ? भनाइ र गराइमा फरक आएकै कारणले भेनेजुएला र ब्राजिलमा कम्युनिस्ट पार्टीहरुको स्खलनको यात्रा सुरm भएर अहिले निकै तल पुगिसकेको छ । नेपालको कम्युनिस्टहरुमा पनि त्यो विरोधाभाष देखिएको बेला भएको त्यो एकीकरण आज कसरी सङ्कटमा परिरहेको छ ?

सुनपानी
यति मात्र होइन, केपी ओली प्रधानमन्त्री हुँदा नेपालले लामो नाकाबन्दी व्यहेरोको थियो । प्रधानमन्त्रीले भारतसँग घुँडा नटेकी नेपाली जनताको शिर उच्च राखेको भनेर राष्ट्रियताको सवालमा एक नम्बर प्लस पाएकै थिए ओली र उनको दल एमालेले । धेरैलाई के पनि लागेको थियो भने त्यसैको लिगेसीस्वरुप स्थानीय चुनावमा एमाले पहिलो दल भयो । प्रदेश र संसद्को चुनावमा पनि पहिलो दल हुने निश्चित थियो । त्यो अवस्थालाई नजर अन्दाज गरेर किन ओलीले यो समीकरण बनाए भनेर आश्चर्य प्रकट गरिएको थियो ।

हुन सक्छ, उनलाई लाग्यो अब काङ्ग्रेस र माओवादीको स्थायी गठबन्धन भयो भने एमाले सधैँ प्रतिपक्षी दल हुनुपर्ने नियति आउँछ । तर, काङ्ग्रेस माओवादी गठबन्धन एउटा यान्त्रिक मात्र थियो भन्ने उसले बुझेन । प्रचण्डलाई पनि के लाग्यो भने यो तेस्रो दलको नेता सधैँ भइरहनु भन्दा, ठूलो दलको नेता, पार्टी अध्यक्ष, प्रधानमन्त्री हुँदै उनको एक मात्र सपना प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने योभन्दा भरपर्दो खुड्किलो उनलाई कुनै थिएन र छैन पनि । एमाले गतिलो भ¥याङ बन्यो त्यस कामको लागि । र प्रचण्डमा जुन प्रकारको अस्थिरता छ, त्यो भोलिका दिनमा एमालेलाई निकै महँगो पर्ने थियो । छलाङ मारेको भन्छन् र कुनै न कुनै उटपट्याङ गरिरहन्छन् । अर्को कुरा उनको प्रयोगवादी सिद्धान्त छ, उनी धीरेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र, गिरिजा, सुशील, देउवा, ओली सबैलाई प्रयोग गर्दै यहाँ आइपुगेका ‘डाइनामिक’ नेता हुन् । अर्को कुरा, ओलीले ‘ओलीको राष्ट्रवाद’ त्याग्न र भारत र चीनसँग अर्के प्रकारको सम्बन्ध बनाउन प्रचण्डले ओलीलाई सुनपानीले छर्केका थिए ।

रङ उडेको एकीकरण
ओलीको पाँचवर्षे कार्यकाल आधा बाटोमा पुग्नै लाग्दा उनको सुनपानीको तेज समाप्त भयो । किनकि प्रचण्ड पूर्वएमालेभित्र खेल्न थाले । त्यहाँ नेताको कमी थिएन, पूर्वप्रधानमन्त्रीहरुको लस्कर मात्र छैन, आप्mनै नेताको विरmद्धमा उत्रिने प्रजातान्त्रिक संस्कार पनि थियो । तर त्यो रचनात्मक हुन्जेल त्यसले दललाई भलो गरिरह्यो । जब त्यहाँ प्रचण्डको प्रवेश भयो, तब त्यो रचनात्मक देखिएन । माधव नेपालले पन्ध्र वर्ष एकछत्र पार्टी चलाउँदा केपीले कहिल्यै भाँजो हालेनन् जबकि उनी निर्वाचित थिएनन् । तर, जब ओली निर्वाचित भएर आए पार्टी हाँक्न, नेपालको भोक–तिर्खा हरायो । र उनले गतिलो साथ पाए प्रचण्डको । झलनाथ खनाल आपूm प्रधानमन्त्री पदबाट हट्नु पर्दाको पीडामा छन् । वामदेव ‘जसरी पनि प्रधानमन्त्री हुने’ ध्याउन्नमा छन् । भीम रावल बल्छी थापेर बसेका छन्, मानौँ उनी मात्र यो देशलाई माया गर्छन् । ‘स्टेटलेसनेस’को वेद पढ्नेले देशको कति माया गर्छन् भन्ने कुरा बोल्नै पर्दैन ।

भारतविरोधी स्वर उठाएपछि त्यो सच्चा राष्ट्रवाद हुने, र त्यसैमा भोटको मीठो खिचडी पाक्ने हुनाले यो स्वरलाई आप्mनो पोल्टामा पार्न खोज्दा ओली अहिले सङ्कटमा परे । यही स्वरले उनी इतरका नेता पनि सङ्कटमा परे । ओलीको विरोध गर्दा भारतीय दलाल होइने डरले प्रचण्ड मोर्चा तातिन सकेको छैन । नक्सा देखाएर राष्ट्रवादी बनेका ओलीको कारणले भारत र चीनविच समदुरीको विदेश नीति अपनाएको नेपाल अहिले डेन्जर जोनमा परिसकेको छ ।

Author

You may also like