काठमाण्डौं। आज थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
अहिलेसम्म सबै भन्दा धेरै पदेश २ मा ८१६ जना छन् । त्यस्तै प्रदेश ५ मा ६९९ जना, कर्णाली प्रदेशमा २६२ जना, प्रदेश १ मा १६८ जना,सुदूरपश्चिम प्रदेशमा ७३ जना, बागमती प्रदेशमा ५४ जना र सबै भन्दा कम गण्डकी प्रदेशमा ३७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।