समाचार

प्रदेश २ मा आज थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

धनुषा। प्रदेश २ मा आज थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १ सय २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए हुन्।

उनका अनुसार रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित छन्। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ।

Author

You may also like