देश–समाज राजनीति समाचार स्थानीय

निर्वाचनको माहोल बनाउँदै घरदैलोमा दमक रास्वपा

दमक । दमकसहित झापाका रास्वपाकर्मीहरु चुनावी माहोल बनाउँदै संगठन बिस्तारको क्रममा जुटेका छन् । निर्वाचन आयोगले निर्देशित गरेका कामहरुमा तत्काल मतदाता नामावलीलाई प्रमुखताका साथ लिएर उमेर पुगेका जोकोही पनि नछुटुन सबैको मतदान गर्ने अधिकार सुनिश्चित रहोस् भनेर लागि परेको दमक नगरकमिटीका सभापति तिर्थ लामिछाने बताउँछन् ।
हिजोका पुराना दलहरुको दलदलबाट झापालाई उठाउने गरी रास्वपाको राजनीतिक अभियान चलिरहेको उनको तर्क छ । अनलाईन र अफलाईन दुवै विधिबाट सदस्यता बिस्तारमा लागेको दमक रास्वपाले दमक क्षेत्रभित्र १६ सयको हाराहारीमा सदस्यता बिस्तार गरिसकेको बताएको छ ।


पार्टीको सांगठनिक सुधारका लागि केन्द्रबाट सोभिता गौतमलाई तोकिएकाले केही समयपछि झापा आउने भएकी छन् । दमकबाट मात्रै रवि लामिछानेको पक्षमा १६ हजार हस्ताक्षर संकलन गरेको र झापाभरि लाखौं शुभचिन्तकहरुले हस्ताक्षरमा सहभागी हुँदाको स्थितिले पनि झापामा रास्वपा बलियो छ भन्ने देखाएको दावी पनि लामिछानेको छ । यतिखेर झापाको क्षेत्र नं. ५ सहित झापाका सबै क्षेत्रबाट आकांक्षीहरुको संख्या थपिँदै गएको उनले बताए । बामपन्थीहरुको गडको रुपमा चिनिएको झापा
क्षेत्र नं. ५ मा समेत रास्वपाको अवस्था मजबुत रहेको उनले बताए ।
निर्वाचन अभियानकै क्रममा २७ हजार ५ सय ७९ दमकका घरधुरीमा पार्टी संगठन, निर्वाचनको सन्दर्भसँग आपतकालिन अतिआवश्यकीय नम्बरसहितको स्टिकर घरघरमा पु¥याउने लक्ष्यसहित ३ महिनादेखि गतिविधि जारी रहेको छ । जुन स्टिकरमा एम्बुलेन्स, दमकल, प्रहरी, टूाफिक, बाल सहयाता कक्ष, नगरप्रहरी तथा फोहोर व्यवस्थापनका नम्बरहरु उल्लेख गरिएको छ ।
निर्वाचनका लागि पार्टीको उम्मेदवारी छनौट प्रक्रियाका आधारमा नवयुवाहरुको चाहना र देशको आवश्यकता अनुसारको उम्मेदवारी चयन हुनेमा आफु विश्वस्त रहेको नगरसचिव प्रविन पाठक बताउँछन ।
झापा क्षेत्र नं. ५ ले ओगटेका दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा युवाहरुको आवाज अनुसार वैकलिप्क राजनीतिक सुरुआत भईसकेको यहि आधारमा झापाको क्षेत्र नं. ५ ले नयाँ रकेर्ड कायम गर्न लागिपरेको पनि पाठकले बताए । यो क्षेत्रमा रहेका ३५ प्रतिशत युवाहरुलाई समेट्न सकेको खण्डमा जित सुनिश्चित हुने भएकाले सोही आधारमा पार्टीका गतिविधि भईरहेको तर्क उनको छ । उनले भने हामीलाई विश्वास छ कि झापा-५ मा जनता परिवर्तन खोजिरहेका छन् । पुरानो शैलीको राजनीति र खाली आश्वासनहरूबाट निराश जनताले अब इमानदार, शिक्षित र जनमुखी विकल्प रोज्दैछन् । रास्वपाको मूल दर्शन नै पारदर्शिता, जवाफदेहिता र सक्षम नेतृत्व हो । हाम्रो असल छवि, कार्यशैली र जनतासँगको निकटता नै हाम्रो बल रहेको हुँदा हामी व्यक्तिको होइन, सिद्धान्त र दृष्टिकोणको राजनीतिमा लागिपरेकाले पनि झापा–५ मा आगामी निर्वाचनमा रास्वपाले जित्ने दृढ संकल्पसहित विश्वास राखेको प्रतिक्रिया पाठकको छ ।

Author

You may also like