देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण, सहिद घोषणादेखि मृतकलाई १० लाख दिने निर्णयमा हस्ताक्षर

दमक/ प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । पद ग्रहण गरे लगत्तै उनले पाँच वटा निर्णयमा हस्ताक्षर गरेकी छन् ।
पहिलो निर्णय उनले जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा सहादत्त प्राप्त व्यक्तिहरुलाई सहिद घोषणा गर्ने । अर्को निर्णय प्रत्येक मृतकका परिवारलाई १०–१० लाख दिने निर्णय गरेकी छन्। घाुइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने, शुव लैजाने तथा अन्त्येष्टिको खर्च दिने र कोही घाइतेले अपाङ्गता व्यहोर्नु परेमा सुविधा उपलब्ध गराउने निर्णय गरेकी छन् । उनले गम्भीर घाइतेका लागि विशेष राहत प्याकेज ल्याउने र पुनः त्यस्ता घटना नदोहोरिने व्यवस्था गर्न पहल गर्ने पनि जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्,–राष्ट्रका लागि बलिदान दिनेहरूलाई सरकारले उच्च सम्मानका साथ सम्झनेछ। न्यायपूर्ण समाज निर्माण हाम्रो साझा प्रतिबद्धता हो । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गदै सो निर्णय गरेकी हुन । कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो। आज सानो आकारको मन्त्रीमण्डल गठन गर्ने पनि बताएकी छन् ।

Author

You may also like