संकट !
संकट !!
संकट !!!
समाधान !
समाधान !!
समाधान !!!
शान्ति !
शान्ति !!
शान्ति !!!
सबैले निकास खोजौ !
न्याय कुन चरीको नाम हो, महासय ?
थाहा छैन तपाईंलाई ?
भनिदिनुस न, कहाँ हारगुहार गरौं म ?
गाउँपालिका, नगरपालिका जान्छु
मेरो बिन्तिभाव सुन्ने कोहि छैनन्
सबै मौन छन त, किन नबोल्या हुन ?
मुख बन्द गरिदियो कसले ?
पापी, अधर्मी बढ्या ( बढ्यै छन, यहाँ
न्याय खोज्न जाउ कहाँ ?
हिजो चुनाउ ताका मेरो कुरा बिक्री भै रहयो
सबैले सुने र त मैले न्याय पाए
अहिले गुमनाम छन सबै
अर्थतन्त्र जुटाउने दाउपेचमा रहदा रहदै
अहिले कुलेलम ठोके कहाँ ?
लाल झण्डा तुल ब्यानर झुण्ड्याउन ब्यस्त थिए हिजो
मिसन ८४ आउन अझै बाकी थियो
अहिले राजिनामा दिन हतारो छ
हिजो नगरेका काम गर्दैगर्नु भएन
किन जग्गा दलाल अनि खरिद बिक्रीमा
धाइ रहनुहुन्थ्यो मन्त्रालय
सिन्को भाच्ने काम गर्न सक्नु भएन हिजो
अहिले भ्याइनभ्याई छ तपाईंलाई
जागिर पो जाला कि भन्ने थियो त्योपनि गयो
झुण्डमुसुण्ड नि पाल्नै पर्यो ठाउँठाउँमा
चम्चे ÷ ट्यापे ÷ डनवाद धेरै पाल्नु थियो
देशको ढिकुटी रित्याउनु भो
हिजोआज तिनैले तपाईंको
खैरो खन्दैछन, रोइलो छ
सामाजिक संजालमा
धारे हात लाउदैछन, कुतर्क गर्दैछन तपाईंको
हिजो दुधभात खुवाउनु भो तिनैलाइ
आज तपाईंकै बिष वमन गर्दैछन
सत्तोसराप गर्दैछन
अनेकन आरोप लाउदैछन
योसम्म थाहा हुन्न नि तपाईंलाई ?
थाहापनि होस कसरी ?
वरिपरि लाल सेना, तरुणहरु तैनाथ थिए अहिले छैनन
राज्य दोहन कति गर्नु भो हैन
अनेक घटना ( परिघटना घटे हिजो
के बाकी रहयो र ? तपाईं कार्यकाल अति भाथ्यो
काण्डै ( काण्डका चाङ्ग बग्रेल्ती हुँदाहुँदै
हिजोसबै मिलाउदै खानुहुनुहुन्थ्यो
तपाईंको विरासत हेरौ न
आज यसको परिणाम
के भोग्नुहुदैछ ?
बोली र व्यबहार नसच्चिएको कारणले
अहिले कस्तो दुर्गति भोग्दैहुनुहुन्छ
थाहा छ, कुन दुलामा पस्नुपर्यो ?
हिजोका दिन र आजको
आकाश पाताल फरक भेट्टाए कार्यकर्ताले
अब के नै थाहा पाउन बाकी छ जनताले ?
जनताको सूसूचित हुने अधिकार खोसियो
सत्ता चलाउनेहरुको हुल बढन थालेको थियो
आलोपालोको पर्खाइ गर्दै गर्दा
शासन सत्ता गल्र्याम्म ढल्यो
होसहवास हरायो तपाईको होइन ?
अहिले कुन कुनामा हुनुहुन्छ ?
डरपोक नमानी बाहिर आउनुहोस
किन अबेर गर्नुहुन्छ ?
बर्तमानमा के भयो ? उडायो सपना होइन ?
अहिले
अधिकारकर्मीहरु मौन छन
संचार क्षेत्रका पार्टीका अगुवा
पत्रकार भित्रभित्रै समाचार लुकाउदैछन
दुबै हातमा लडडु उनैले पाएका छन
सडकमा युवाहरु लामबद्द भएर आन्दोलित थिए हिजो
तिनै युवाहरूको रगत चुसेर
होली खेल्दै पुगेन हैन
सडक रक्ताम्मे छ
ढले अनाहकमा युवाहरु
भौतिक सम्पत्ति, ऐतिहासिक धरोहर
न्याय कानुनी अदालत, सिंहदरबार
जलेर खरानी भए
कसको बोली र व्यबहारले हो, थाहा छ ?
नलुटेको, नढाटेको कर छलि नगरेको ठाउँ कहाँ छ ?
खेती राजनीतिको
कमाउ धन्दा लाजनीतिको
निमुखा भोकभोकै छन
सदनमा बादरे प्रवृत्ति बढ्या बढ्यै थियो हिजो
तस्करीहरुको जाम थियो
नेताहरूको अभिष्ट जनतालाई छलछाम थियो
न्याय कुन चरीको नाम हो, महासय ?
मलाई जवाफ दिनुहोस न तपाईंसङ्ग जवाफ छ कि छैन ?
जवाफ त लुटतन्त्रसङ्ग होला
हेरौं बुझौ अनि जुटौ
जे होला होला !
हो आज स्वतन्त्र नागरिकको प्रश्न यही छ कि, उत्तर कसले दिने हो ? यहाँ उत्तर दिने कोहि कोहि सानामसिना स्वरहरु छन तर दविएका छन, यदि छैनन् भने तिनै बिचौलिया, दलाल, मानव तस्करहरुको संजाल छन जो एकजुट छ । उनीहरूले कालोलाई सेतो र सेतोलाई कालो बनाउन सक्ने ल्याकत छ । हो यस्ता थुप्रै ( थुप्रै मानव हामी माझ छन तिनैलाइ सरकारले सम्मान दिन्छ, तक्मा र सुबिधा दिन्छ, जसको चौतर्फी मूल्यांकन हुन्छ, यो झुण्डको संजाल देश ( बिदेश छरिएर रहेका उनीहरू जुनसुकै बेला यस्ता काममा सक्रिय रहन्छन । हिजोआज सामाजिक तथा विभिन्न संस्थाहरुको निर्वाचित परिणाम हेर्नुहोस त, हिजो एकल राजनीतिको बाहुल्य थियो भने आज मान्छेहरुको न्यायिक एकता दरिलो छ । एक दुईवटा संस्था बाहेक सबै स्थानमा राम्रा ( राम्रा शैक्षिक योग्यता भएकाहरुको समूह निर्वाचित हुँदैछन । अब एकले अर्कोलाई खुइल्याउने गालिगलौज गर्ने, चरित्र हत्या गर्नेहरुको झुण्डहरु पार्टीबाटै बिस्थापित हुन थालेका छन ।
हिजोका दिनमा कुनै एक पार्टीमा आवद्ध भएर बस्ने ब्यक्ति आज सामाजिक संस्थामा लागेर नेपाली जनताकै लागि उल्लेखनीय काम गरेर लोकप्रियता कमाएकाहरुलाइ चिसो बन्दी कोठामा राखेर यातना दिइदैछ किन ? यहाँ सुनपानीले आफ्नो भौतिक शरीर आफै सफा गर्नेहरु अब नचोखिए हुन्छ कि को असली रुपको को नक्कली रुपको रहेछ भन्ने कुरा हाम्रा नयाँ पीडिका युवाहरूले बुझिसकेका छन भन्ने कुरा त गत भाद्र २३ गते सोमबार माइतीघर मण्डला लगायत देशभर अभियान चलाएका ूश्भल ( श्ू अभियानका युवाहरुको नेतृत्वले उदघोष गरेको अभियानसङ्गै देशभर चलाएको अभियानमा धेरै घाइते भए भने १९ जना भन्दा बढी गोली लागेर मृत्यु भएको छ । पानीको छर्ररा र अश्रुग्यासले हजारौं युवाहरु घाइते भए । उनीहरूको अभियान के गलत थियो त निकम्मा सरकार ? बोल्ने खोइ कहाँ गए प्रधानमन्त्री, संचार मन्त्री र गृहमन्त्री, जवाफ खोइ त ? लाज लजाउछ भनेझै अहिले राष्टूपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकले समेत राजिनामा दिएको अवस्था छ । देशमा न न्याय छ, न कानुन छ, अब यो देशमा प्रमुख कार्यकारी ब्यक्तित्व कोहिपनी नभएको अवस्था छ । यो बेला संकटको समाधान खोज्नका लागि देशका सम्पूर्ण निकायको ध्यानाकर्षण भएको छ हिजो भाद्र २४ गते बेलुकी । भाद्र २५ गते देशभर शान्ति सुरक्षा, सरसफाइ अभियान संचालन नेपाली सेना लगायतका सर्वसाधारण जनताले गरिरहेका छन । अबैध धन्दा र घुसपैठमा लागेर बैंक र सहकारी संस्थामा लुटपाट गर्ने समूहलाई पक्राउ गर्ने काम अहिले पनि भइरहेकोे छ । देशमा अपुरणिय क्षति भएका भौतिक संरचनाको जीर्णोदार गर्ने काम तीब्र गतिमा धमाधम भइरहेको छ । साँचो अर्थमा भन्नुपर्दा हिजो दलहरुले चलाएको अभियान राजावादीको होस् या कुनै लोकतान्त्रिक शक्तिको होस या खाजावादीको होस त्यो पछिको परिणामले बताउने छ । यहाँ धेरैजना भूगोलविद, ज्योतिषविद, भविष्यवक्ता जन्मिए कसका कुरा पत्याउनु या नपत्याउनु त्यो तपाइकै नीजि जीवनको कुरा हो कि सबैले आफ्नो मन र मष्तिष्कलाई स्थिर राखेर बृहत अध्ययन गर्ने हो भने सबैभन्दा बढी दोषी “घरले जा जा र बनले आइज ( आइज “भन्ने तपाईं चम्चे हरुका बयोबृद्द नेताहरुनै दोषी ठहरिन्छन । यही ठहर्याएर हिजो सडकमा जनताहरुले गरेको पिटाई र यातनाले अझै पोलेको छैन ? हिजोका शासनसत्ताका मालिकलाई किन दोषारोपण गरियो ? मिलिजुली खाने, भागबण्डा गर्ने, देश दोहन एकलौटी गर्ने, भ्रष्टाचार गर्ने, लुटतन्त्र मच्चाउने खेलमा लागेर देशलाई बुरुण्डी बनाउने काम लोकतान्त्रिक गणतन्त्रका हिमायतीले गरेका छन कि राजतन्त्रका हिमायतीहरुले ।
आगामी दिनमा के होला ? कस्तो होला युवाहरुको काधमा जिम्मेवारी आएको छ । अब कोहिपनि बयोबृद्द नेताहरूको लवेदा समाएर हिडनेवाला छैनन, शान्तिको देश नेपालमा अशान्तिको वीज रोप्ने काम ओली सरकारले हिजो गरिरहेको हुनाले यो अशान्तिको अवस्थालाई शान्ति ल्याउनका निम्ति तमाम शान्तिकामी अधिकारकर्मीहरु, राज्यका संबैधानिक निकायका अङ्गका प्रमुख, सेना तथा प्रहरीका प्रमुखहरु र “जेन — जेड” समूहको वार्ता टोली बर्तमान संकटको समाधान र निकासका लागि हिजोको ओली सरकारको दमन,अन्याय, अत्याचार, दमन, वर्वरता र भ्रष्टाचार को निष्पक्ष छानबिन गरि उनीहरूले कमाएको अकुत सम्पत्ति सरकारीकरण गरि देश दोहन गर्ने नेताहरूलाई आवश्यक छानबिन गरि बचेखुचेका संरचनाहरुको पुनःनिर्माणका निम्ति आन्दोलनरत “जेन–जेड’ का युवाहरुका देशभक्त छोराहरूको एकरुपतामा “नयाँ नेपाल र नयाँ निर्माण” का निम्ति गोलबद्द बन्दै आगामी दिनमा देशलाई संकटको निकासको निम्ति एकजुट भएको अवस्था छ । जय देश! जय नेपाली ! जय शान्तिको कामना ।

Author

You may also like