जीवनचक्र समाज नेपाल भन्ने कस्तो संस्था हो ?
यो विलकुल सामाजिक सेवा, समाज सुधार र चेतनामूलक कार्यहरु गर्दै सकारात्मक सोचबाट समाज परिवर्तनको संवाहकका रुपमा लैजाने लक्ष्य राखेका छौं ।
अलिहेसम्म गरेका महत्वपूर्ण कार्यहरु
सडक दुर्घटना न्युनिकरण, रक्तदान, लागुऔषध दूव्र्यसनी रोकथाम वा न्युनिकरण, खानेकुरा नफाल्ने, समयको सही व्यवस्थापन गर्ने, समयको सहि प्रयोग, सार्वजनिक स्थलमा फोहोर मैला फाल्न हुँदैन, सडकमा मरेका चौपायाको उचित व्यवस्थापन गर्नुपर्छ, बिरामी भेटिए उपचार गराउनुपर्छ, १८ वर्ष पुगेपछि रक्तदान गर्न सुरु गर्नुपर्छ । सबै काम, सबैजात, सबै धर्म एकाआपसमा परिपूरक छन । हाम्रो जीवन एउटा साइकल हो हरेक कुरालाई एकात्मक रुपमा सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने संस्थाको मूल उद्देश्य हो । चेतना दिनुका साथै आफैले गर्नुपर्ने अवस्थामा आफै क्रिय हुने गरेका छौं । यसै सडकमा मरेका १९०२ चौपाया हटाएका छौं ।
आर्थिक स्रोत के हो ?
रु.१ अभियान सञ्चालन गरिएको छ । बाटामा भेटिएका पानीका बोतल, रेडबुलका खोलहरु संकलन गरेर बिक्री गर्दछौं । बाटोमा फ्यालेका वरपिपलमा चढाएका पैसाहरु पनि टिपेर कोष बृद्धि गरी ७६ हजार पु¥याएका छौं । घाटमा फालेका पैसाहरु मात्रै संकलन गरेर डाँफे सहकारीमा जम्मा गर्दा १० हजार पुगेको छ ।
यस्तो काम गर्ने प्रेरणाको स्रोत के हो ?
दमकबाट बिर्तामोड जाने क्रममा डूाइभरको लापरवाहीले निर्दोष मानिसको ज्यान गएको कुरा सुनियो, दृश्य देखियो । त्यही दृश्यले जनचेतनाको कमी यस्ता घटना हुने गर्दछन् भन्ने महसुस गरेर आफै पनि चेतनाशिल बन्नुपर्छ र अरुलाई पनि चेतना दिने मनमा जाग्यो । साथीहरुसँगको कुराकानीबाट यो संस्थाको जन्म भएको हो ।
(उक्त भनाईहरु इलाममा जन्मिएर दमकमा ट्याक्सी व्यवसायी गरिरहेका जीवनचक्र समाज नेपालका संस्थापक अध्यक्ष गणेश गौतमसँग पूर्वसन्देश दैनिकको जम्काभेटका क्रममा भएका कुराकानीका अंश हुन् ।) प्रस्तोता : खगेन्द्र कार्की

Author

You may also like