अर्थ देश–समाज समाचार स्थानीय

राजश्व संकलन तथा अनुगमन अभियानबाट दुई दिनमा झण्डै २ लाख राजश्व संकलन

दमक/दमक नगरपालिकाले आन्तरिक स्रोत संकलन गर्ने अभियान सोमबारदेखि सुरु गरेको छ । कर राजश्व संकलन तथा अनुगमन अभियान नाम दिइएको यस अभियानले विशेष गरेर उद्योगी, व्यवसायीहरुको कर बक्यौता असुली, व्यवसायको अवस्था र नयाँ व्यवसाय फिल्डमा नै दर्ता गर्ने गरी सेवा उपलब्ध गराएको नगरप्रमुख रामकुमार थापले बताए ।
नगरप्रमुख थापा, उपप्रमुख तथा राजश्व परामर्श समिति संयोजक रेगिना भट्टराई (प्रसाई), प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, उद्योग वाणिज्य संघ प्रतिनिधि, नगरपालिका आर्थिक प्रशासन शाखा, आन्तरिक लेखा अधिकृत, वरिष्ठ प्रशासकीय अधिृकत, वडा नं. १ का वडाअध्यक्ष, सदस्यहरु, राजश्व प्रशासन कर्मचारी, नगर प्रहरी बल समेतको उपस्थितिमा सो अभियान नगरपालिकको प्राङ्गणबाट शुभारम्भ गरिएको उपप्रमुख भट्टराईले बताईन ।
राजश्व प्रशासन प्रमुख तथा कर अधिकृत डम्बरराज बरालले दिएको जानकारी अनुसार मंगलबार ६५ वटा व्यवसायको प्रत्यक्ष अवलोकन, अनुगमन गरिएको छ । सो क्रममा ४ वटा नयाँ व्यवसाय दर्ता, १४ वटा नविकरण र बक्यौता असुलीका लागि १५ वटा पसललाई ७ दिने अल्टिेमटम पत्र बुझाएको पनि बरालले जानकारी गराए । सो अभियानबाट ६६ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको बताए । सो अभियान हरेक दिन निरन्तर सञ्चालन गरेर सबै वडामा पुग्ने बताइएको छ ।
यसैगरी मंगलबार पनि सो अभियानले निरन्तरता पाएको बरालले बताए । बरालले दिएको तथ्याङ्क अनुसार शिक्षा मार्गदेखि हवल्दार चोकसम्मको ५० वटा पसलको अनुगमन तथा अवलोकन गरिएको छ । जसमा नयाँ दर्ता १० वटा, बक्यौता भुक्तानीको लागि ७ दिने अल्टिमेटम पाउने पसलको संख्या १३, नविकरण ७ वटा गरेको पनि बरालले बताए । बरालका अनुसार बुधबार सो अभियानबाट १ लाख १७ हजार २ सय ४१ रुपैयाँ राजश्व संकलन भएको छ । सो अभियानका क्रममा नगरप्रमुख रामकुमार थापा, उपप्रमुख तथा राजश्व परामर्श समिति संयोजक रेगिना भट्टराई (प्रसाई), प्रमुख कार्यकारी अधिकृत गणेशराज कार्की, वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारीलगायतको अभियानमा सहभागिता रहेको थियो ।

Author

You may also like