हालै झापा र इलामबाट आएका समाचारले मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर र जटिल रुपलाई पुनः सतहमा ल्याएको छ । गत आइतबार मनिङवाकमा निस्किएका दुई महिलाको हात्तीसँग जम्काभेट हुँदा घाइते भए । दमक–१ निवासी सुनिता राई र कविता राई हात्तीको आक्रमणबाट घाइते भएका हुन । यो सँगै दमकमा हात्तीको आमणमा परेर घाइते हुनेको संख्या ९ पुगेको छ ।
गतवर्षको तथ्यांक हेर्दा झापामा ६ जना नागरिकले हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् भने चारवटा हात्तीको पनि मृत्यु भएको छरु। यस्तै, सात जना गम्भीर घाइते भएका छन् र दर्जनौँको घरगोठ, अन्नबाली, चौपाया तथा भण्डारणमा क्षति पुगेको छ । यस क्षतिका लागि राज्यले राहतस्वरूप ६ करोडभन्दा बढी रकम वितरण गरेको छ, तर वास्तविक समस्या भने समाधान हुन सकेको छैन । दमकमा बिहानको मर्निङ वाकमा निस्किएका दुई महिला जंगली हात्तीको आक्रमणमा परेर घाइते हुनु, इलामको माईजोगमाई गाउँपालिकामा चितुवाले लगातार घरपालुवा जनावर मार्नु र बाँदर, बँदेलजस्ता जनावरले अन्नबाली नष्ट गर्नु – यी सबै घटनाले ग्रामीण जनजीवनमा वन्यजन्तुहरूको बढ्दो प्रभाव देखाउँछरु। सुरक्षित वन क्षेत्रको सीमितता, मानव बस्तीको जंगलतर्फ विस्तार, वन्यजन्तुका बासस्थानमा अवरोध र खाद्य संकटले यो द्वन्द्व झन जटिल बन्दै गएको छ ।
वन्यजन्तु संरक्षणका लागि नेपालले विभिन्न राष्टिूय र अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छरु। तर संरक्षणको सन्दर्भमा मानव सुरक्षालाई बेवास्ता गर्दा त्यसले न त जनताको सहकार्य पाउँछ, न त वन्यजन्तुको दीर्घकालीन सुरक्षा सम्भव हुन्छरु। संरक्षणका नाममा मानवीय पीडा बढ्दै गयो भने जनताको आक्रोश वन्यजन्तुप्रति हुन जान्छ, जसले थप द्वन्द्व निम्त्याउँछ ।
यस्तो अवस्थामा अब राज्यले केवल राहत वितरणमा सीमित नरही दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने समय आएको छ । सुरक्षित वन्यजन्तु करिडोर, विद्युतीय तारबार, बायोफेन्सिङजस्ता उपायहरू तत्काल लागू गर्न आवश्यक छ । साथै, समुदायस्तरमा सचेतना अभिवृद्धि, वन्यजन्तु सहजीवी कार्यक्रमको विस्तार, गाउँस्तरीय निगरानी टोली गठन र पूर्व सूचना प्रणालीको विकास अत्यावश्यक छ ।
वन्यजन्तु र मानवबीचको सहअस्तित्व केवल नारा होइन, व्यवहारिक कार्यनीतिबाट मात्र सम्भव हुन्छ । यसका लागि राज्य, स्थानीय सरकार, वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय जनता सबैको सक्रिय सहभागिता अपरिहार्य छरु। अन्यथा, यो द्वन्द्वले जनधनको मात्र नभई संरक्षण नीतिको नै असफलता साबित गर्ने खतरा छ ।