बैठक बोलाउन माग
दमक/ नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रहेकी रन्जिता श्रेष्ठले बैठक बोलाउन आनाकानी गरेरपछि बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बैठक बोलाउन माग गरेका छन् । अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यहरूले आज संयुक्त रूपमा बैठक बोलाउन माग गरेका हुन् । दिउँसो १ बजे नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय सदस्य बोलाउने निर्णय गरेको थियो ।
रौतहटमा करेन्टबाट २७ को ज्यान गुम्यो
दमक । विद्युत् सुरक्षाको बेवास्ताले रौतहटमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेको संख्या बढेपछि रौतहट प्रहरी प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो भने चालू आर्थिक वर्ष २०८२÷८३ को असार ८ गतेसम्म थप ४ जनाको मृत्यु भइसकेको छ । यसरी २७ जनाको करेन्ट लागेर ज्यान गएको छ । पछिल्लो पटक रौतहटको मौलापुर नगरपालिका ७, ननकार पथराका नगर प्रवक्ता तथा आम जनता पार्टीका नेता चन्देश्वर बैठाको करेन्ट लागेर ज्यान गएको थियो । प्रहरीद्वारा जारी सूचनामा खेतबारी, घर, खोला, नाला वा भिजेको जमिनमा विद्युतीय उपकरण वा मोटर चलाउँदा विशेष सतर्कता अपनाउन भनिएको छ।
करेन्ट लागेर दम्पत्तिको मृत्यु
दमक÷ घाँस काटिरहेको मेसिनबाट करेन्ट लागेर सुर्खेतमा एक दम्पत्तिको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो । शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो । मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । रुघाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
दमक÷ आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुर सिंह लामालाई दलको नेताबाट कांग्रेसका २१ जना सांसदहरूले हस्ताक्षर गरी लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाल प्रेसलाई बताए । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।
सुनको मूल्यमा घट्यो
दमक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ं सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २३४० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।