सामूहिक एकताले देश बन्छ
एकता भाडियो भने देश तहसनहस हुन्छ
मेलमिलाप , सदभाव नेपाली आमाको पुकार हो
टुटफुटले देश अधोगतितिर लम्कन्छ
त्यसैले हामी एक हौं
शान्तिको देश नेपाल
बुद्ध जन्मेक देश नेपाल
सगरमाथाको देश नेपाल
मन्दिरै – मन्दिरको देश नेपाल
लडाकुहरुको देश नेपाल
विभिन्न जातजाति र भेसभूषाले सजिएको देश नेपाल
बिबिधतामा एकता भएको देश नेपाल
बहुभाषी र बहुसान्स्कृतिक भएको देश नेपाल
नेपाली – नेपाली एकताको सुत्रमा बाधिएको देश नेपाल
बिश्वभर नाम कमाएको देश नेपाल
हजारौ सपूतहरुको रगतले ल्याएको लोकतान्त्रिक देश
आपसी एकताले सिर्जित भएको देश नेपाल

अब टुक्रिनु हुन्न
भाडिनु हुन्न
क्षतविक्षत हुनुहुन्न
सुन्दर भबिष्य बोक्नुपर्छ
जनता गोलबद्द हुनुपर्छ
रिसराग भुल्नुपर्छ

स्वर्णिम नेपालको परिकल्पनाको लागि
जुट्नुपर्छ सबै नेपालीहरु
आमाको सपना पूरा गर्नुपर्छ सबैले ………….!!!
माथिको कविताको सारभूत तत्व के हो ? भनेर तपाईं हामी नेपाली जनतालाई कसैले अथ्र्याउनुपर्दैन , होइन र ? कि पर्छ भन्नुहोस त ? पक्कापनि पर्दैन किनकि हामी आफैं जानिफकार छौँ कि कुन राम्रो कुन नराम्रो छुट्ट्याउन सक्छौ । तर यहाँ राजनीतिक कारणले गर्दा हामी टुटेका छौं , फुटेका छौँ । भत्किएका छौँ , मक्किएका छौँ , चर्किएका छौँ । यसलाई पूर्ववत् अवस्थामा ल्याउन हामी सबैलाई सहजीकरण हुन जरुरी छ । हामी एकलब्य भएका कारणले हामीलाई कसैले सपेरा बनाएर नचाउदैछ हामी बुझिबुझि बुझ पचाउदैछौ , हिजोआज । समय , परिस्थितिलाई बुझेर हामी कहिल्यै अघि बढेनौ । अरुको कुरा काट्ने , छलकपट गर्ने , चरित्र
हत्या गर्न तर्फ हामी उद्दत भयौ , फुकी – फुकी पाइला
चाल्न लामवद्द बन्यौ । भोलि हामीलाई त्यही समाज चाहिन्छ , छिमेकी भनेका ज्यूदाका जन्ती मर्दाका मलामी भन्ने बुझेनौ ।
बुझ्न सके जीवन एक महान तपस्या हो
बुझ्न नसके जीवन एक भयानक समस्या हो
कहीँ चिच्याइ रहेको सुनिन्छ भने
कतै छटपटाइ रहेको देखिन्छ
कहीँ अल्मलिइ रहेको देखिन्छ भने
कतै गिज्याइ रहेको देखिन्छ
यो भित्री मजबुन बुझ्दा हामी थाहा पाउछौ कि मान्छेको
मन गम्भीर , व्यापक र जटिल हुन्छ । यसकारणले पनि हिजोआज मान्छेहरु हिंस्रक भएका छन , उसले कोहि चिन्न सक्दैन रकमका लागि । दाजुभाइ , नातागोता , इष्टमित्र कोहि चिन्न सकेको छैन । तपाईं हिजोआजको राजनीतिक अवस्था हेर्नुस , हाम्रा नेता भनाउदाहरु कतिसम्म लज्जाजनक काम गर्दैछन , उनीहरूको तमासा हेर्नुहोस त । यहाँभन्दा लाजमर्दो कुरा कहाँ हुन सक्छ र ? संसदको गरिमा , लोगो , पहिचान समेत नामेट बनाउदैछन । अब मुल्यांकन गरौं त , सामाजिक सदभाव कायम गर्नका निम्ति उनीहरूलाई सही दिशामा हामी कसरी ल्याउन सक्छौ जबकि संसद हलभित्र ताण्डव नृत्य देख्न सकिन्छ । एकले अर्काको गरिमाको पहिचान नष्ट गर्न विभिन्न सामाजिक संजालमा , युटुबरे , अनलाइन खबरमा बेफ्वाकका खबर पोष्ट गरेर , नकारात्मक टिकाटिप्पणी गरेर , अनर्गल प्रचारवाजी गरेर पोष्ट गरेका कति नराम्रा खबरभित्रका बेखबरहरुले पनि यो बताउछ कि सामाजिक सदभाव कायम यति भडकिलो अवस्थामा छ कि बुझेर बुझिनसक्नु अवस्थामा छ । हिजोआज अनलाइन समाचार , युटुबरे प्रयोग गरेर सत्य – तथ्य नबुझि घरैमा बोलाएर एकोहोरो रूपमा एकैजना ब्यक्तिका आवाज बोल्न दिएर लाखौलाख भ्यूज कमाउने उद्देश्यलेपनि सामाजिक मानमर्दनमा दिनप्रतिदिन खिया लाग्दैछ । हिजोआज तपाईंहरु जहाँ हेर्नुस , जता हेर्नुस कहिँ कतैपनि सामाजिक सदभाव झल्काउने किसिमको काम कोहिकसैले गरेको देखिन्न ।
आज सामाजिक सदभाव कायम होस भनेर पुराण , महायज्ञ लगाएर आपराधिक मानसिकतालाई दुर भगाउन विविध काम गरिन्छ तरपनि आजको आधुनिक मानव छलकपट , चोरीचकारी , लुटपाट , भ्रष्टाचारीको नाइके , मानव बेचबिखन गर्न उद्दत छ । उसले मानवको अस्मिता आफैं अपहरण गर्दैछ किन ? किनकि उसलाई आदर्शको पाठ सिकाउन राजनीतिक ब्याक्तिले सिकाएन । असल कर्म गरेन , उसको ध्याउन्न मात्र कुकर्म गर्ने कालो धन थुपार्ने , लोभीपापीहरुको समूह निर्माण गर्ने तर्फ उन्मुख रहयो । यो काम आज तलदेखि माथिसम्म छ । आखिर यो किन भइरहेको छ ? यसको निदान के हो ? बुद्धत्व प्राप्त गर्न अब के गर्ने ? शान्ति र सदभाव कायम गर्न अब के गर्नुपर्ला ? यसको बारेमा गम्भीर चासोको बिषय सबैमा बन्नै पर्छ , यदी बन्न सकेन भने हेर्नुहोस हामीबिचमा आपराधिक बिचार राख्नेहरुको बाहुल्य हुनेछ कि उनीहरूले हामीलाई चकनाचुर बनाउने छन , भष्म खरानी बनाउने छन । यो निदान गर्नका निम्ति हामी अब एकजुट हुनैपर्छ । दलीय सिन्डिकेट विरुद्ध जाग्नै पर्छ । यो आजको आवश्यकता हो , आजको माग हो , आजको मार्गदर्शन बन्न सक्नुपर्छ । हत्या , हिंसा , आगजनी , दुब्र्यसनी , चोरी , डकैती हाम्रा सामाजिक सदभाव अन्त्य गर्ने बिषालु कर्म हुन , यसको अन्त्यका लागि तमाम स्वतन्त्रप्रेमी जनताहरु अब जागरुक हुनुपर्छ । हामी टुटनु हुन्न, फरक सोच बिचार राख्नु हुन्न , अर्काेलाई हप्काउनु , तर्साउनु हुन्न , सामाजिक र वाक स्वतन्त्रताका निम्ति एउटा खम्बा हामी बन्नुपर्छ । सबैमा हातेमालोको आवश्यक छ , यतिबेला ।
उ सामाजिक सदभाव लिएर आयो
अशान्ति मनैबाट हटायो
भ्रष्टाचारीलाइ ताडनी हान्दै आउदैछ
नकारात्मक सोचलाई सकारात्मक सोच्ने बनाउदैछ
देशमा सामाजिक सद्भाव, शान्ति कायम गर्न लम्किदैछ
किनकि, उ हिजो कर्मयोगी थिएन
उसले सत्य के हो बुझेन ?
असत्यको बाटो रोज्यो
आज रुपान्तरित हुँदैछ
जनजनमा सामाजिक सदभाव कायम गर्दैछ
मनमष्तिष्कैबाट अशान्ति दुर भगाउदैछ ।

Author

You may also like