देश–समाज सम्पादकीय

जोखिम व्यवस्थापनमा बीमाको भूमिका

जति जति देशमा विपत्ति आइपर्छ त्यति नै घरसम्पत्ति बिमाको महत्व बढ्दै गएको छ । जुनसुकै भौगोलिक क्षेत्रमा पनि विपत्ति आइरहेको छ । स्वास्थ्यबीमाबाट मानिसले स्वास्थ्यमा पहुँच पु¥याए झै अब घरसम्पत्ति बिमाबाट आम मानिसको पहुँचमा पु¥याउनुपर्ने देखिन्छ । अघिल्लो हप्ता आएको हावाहुरी र पानीले करोडौंको क्षति ग¥र्यो, आगलागीका घटनाहरु दैनिकजसो घटिरहेका छन । यि सबै सम्पत्तिको सुरक्षाका निम्ति बीमा पोलिसी हुन आवश्यक छ । पछिल्लो समयमा सर्वसाधारण आफै पनि घर र सम्पत्ति बिमाप्रति आकर्षित भईरहेका छन । यसले पनि जनतामो एकखालको चेतना बढेर जोखिम व्यवस्थापनप्रतिको चासो र चिन्तामा परेको बुझ्न कठिन हुँदैन । आम मानिसलाई जोखिम व्यवस्थापनमा बिमाले महत्वपूर्ण भूमिका खेल्न सक्छ र खेलिरहेको छ ।
बिमितको कुनै पनि प्रकारले क्षति भएको छ भने त्यसलाई इमान्दारीता देखाएर भएको क्षति अनुसारको रकम असुलउपर गर्नेतर्फ जानुपर्दछ । तर केही बिमतको फटाहा प्रवृत्तिबाट आम बिमितलाई असर पु¥याएको छ । नभएको क्षति भएको भनेर देखाई दिने, बिमा माग दावी पनि कर्मचारीसँग साँठगाँठ गरेर बढी रकम असुल्न खोज्ने जस्ता गलत प्रवृत्ति हावी भएकोमा भने सम्बन्धित सरोकारवाला सचेत र सजग रहन आवश्यक छ ।
आम मानिसले बिमालाई लाभको दृष्टिकोणबाट हेरेका छन तर त्यो गलत छ बिमाले लाभ दिने नभएर सुरक्षा प्रदान हो भन्ने चेत खुल्न पनि उत्तिकै जरुरी छ । केही समय अगाडि इटहरीको व्यापारिक कम्प्लेक्समा आगलागी भयो । उक्त कम्पनीले बीमा मागदावी गर्दा अत्याधिक रकमको गरेको भन्ने समाचारहरु आएका थिए । एक हप्ताभित्रै भईसक्नुपर्ने क्षतिविवरण महिना दिन लगाएको र बढी बिमा रकम माग दावी गरेको आरोप उसलाई लागेको थियो । सो कमपनी (प्लाजा) ले १६ करोड रुपैयाँ बराबरको क्षति भएको भन्दै बिमा सिफारिसका लागि अस्वाभाविक दाबी गरेर वैशाख ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएको छ । त्यो मागदावीबाट प्रहरी नै आश्चर्यचकित परेको थियो । अस्वाभाविक बिमा सिफारिसको निवेदनले प्रहरी अन्योलमा परेर अनुसन्धान गरिरहेको छ ।
उसको त्यो बेठ्याईले अर्को आशंका जन्माइदिएको छ कि उक्त आगलागी नियोजित हो कि ? वा बिमा कर्मचारीसँग मिलेमतोमा उक्त मागदावी भएको हो कि अनुसन्धान जरुरी देखिन्छ ।
यो घटना एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता कैयौले गरेका छन् । घर, पसल वा गोदाममा जानाजान आगजनी गरी बिमा कम्पनीबाट ठूलो रकम झिक्ने प्रवृत्ति पछिल्लो समय बढेको छ । यसमा केही बिमा एजेन्ट, सर्वेयर र ग्राहीबीच मिलेमतो भएको पनि शंका गरिन्छ । कतिपय बिमितले आफ्नो सम्पत्तिको वास्तविक मूल्यभन्दा धेरै बढी बिमा गराएर क्षति हुँदा अत्यधिक रकम दाबी गर्छन् । यसले बिमा कम्पनीहरूको आर्थिक बोझ बढाउँछ ।
यस्ता प्रवृत्तिका विरुमा बिमा क्षेत्रमा कडा निगरानीको आवश्यकता देखिन्छ । बिमा दाबी जाँच्ने प्रक्रियामा पारदर्शिता र जबाफदेहिता कम छ । दोस्रो, बिमा कर्मचारी र ग्राहीबीचको गलत साठगाँठलाई रोक्ने कानुनी प्रावधान कमजोर छ । अनि, तेस्रो, बिमा दाबी प्रक्रियामा प्राविधिक रूपमा पछि परेका कारण सही मूल्यांकन हुँदैन । यसले अवसरवादीहरूलाई फाइदा उठाउने मौका दिन्छ ।
यस्ता समस्याको समयमा समाधान गरिएन भने विकृति बढिरहन्छ । त्यसैले यो क्षेत्रमा पनि कडा नियमन र निगरानी आवश्यक छ । बिमा सम्बन्धी निकाय (बिमा समिति)ले दाबी जाँच्ने प्रक्रियामा पारदर्शिता ल्याउनुपर्छ । स्वतन्त्र सर्वेयर र मूल्यांकनकर्ता नियुक्त गर्ने प्रणाली बनाउनु आवश्यक छ । अहिले जमाना प्रविधिको हो । आगलागी वा क्षति हुँदा तुरुन्तै डूोन, एआई मूल्यांकनजस्ता प्रविधि प्रयोग गरी वास्तविक क्षतिको विवरण संकलन गर्न सकिन्छ । यो प्रयास विश्वका धेरै मुलुकमा भएका छन् । नेपालमा पनि चाँडै सुरु गर्न आवश्यक छ । घर सम्पत्ति बिमा नेपालको बिमा क्षेत्रको महत्वपूर्ण आयाम हो । यसमा बढ्दो विकृतिले समग्र बिमा प्रणालीमा अविश्वास पैदा गर्नेछ । यसलाई रोक्न सरकार, बिमा निकाय र जनताले समान भूमिका खेल्नुपर्छ । कडा नियमन, प्रविधिको प्रयोग र सामाजिक सचेतनाबाट मात्र यस समस्याको समाधान सम्भव छ । सम्बन्धित सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।

Author

You may also like