देश–समाज समाचार स्थानीय

दुर्घटनामा फसाएर हिरासतमा राखिएका तामाङलाई रिहाइको माग गर्न परिवारको माग

दमक । सवारी ज्यान मुद्धामा प्रहरीद्धारा पक्राउ परेका झापा, दमक नगरपालिका वडा नं. ९ का ३१ बर्षिय युवराज तामाङलाई रिहाइ गर्न उनका परिवारले माग गरेका छन् ।
हयाङल्ला तामाङ बल परिवारसहित उनका परिवारजनले बुधबार पत्रकार सम्मेलन गरि विगत १८ दिनदेखि दमक प्रहरीको हिरासतमा राखिएका तामाङलाई रिहाइ गर्न माग गरेका हुन् । तामाङकी श्रीमती करिस्माले सवारी दुर्घटनाको विषयमा आफना श्रीमानलाई फसाउन खोजिएको आरोप लगाईन् ।
पत्रकार सम्मेलनमा युवराजका भाई सन्दिप तामाङले सवारी दुर्घटनामा संलग्नता नै नभएका व्यक्तिलाई जर्वजस्ती दोषी बनाउन खोजिएको भन्दै उनको रिहाईको माग गरे ।
दमकको पाथीभरा पेटूोल पम्प सडक खण्डमा गत मंसीर ६ गते दमक ५ बस्ने ७९ बर्षिय कमल प्रसाद खरेल विहान ५.३० वजे घाईते अवस्थामा भेटिएका थिए । घाईतेको उपचारका क्रममा मृत्युभएको थियो । सवारी दुर्घटनाबाट नै खरेलको मृत्युभएको भन्ने आशंका पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी ) सहित दमक प्रहरीको टोलीले अनुसन्धानमा परिचालित भएको थियो ।
प्रहरीको लामो अनुसन्धान पछि दुर्घटनामा संलग्न को १ ख ४१४२ नम्बर मिनीटूक र चालक तामाङलाई १८ दिन अघि पक्राउ गरि मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय दमकले जनाएको छ ।

Author

You may also like