देश–समाज समाचार स्थानीय

भ्रष्टाचार रोक्न अख्तियारको अन्तरक्रिया

दमक/ भ्रष्टाचार नियन्त्रणमा स्थानीय सरकारको भूमिकाका बारेमा झापाको दमकमा छलफल तथा अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले मंगलबार दमक नगरपालिकाको सभाहलमा यस्तो छलफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, कर्मचारी साथै शैक्षिक तथा सामाजिक अगुवा र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगका तर्फबाट उपसचिव तथा सूचना अधिकारी निरज कुमार देवले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिकाका बारेमा स्लाइड प्रेजेन्टेशन गर । त्यसक्रममा सहभागीहरुलाई भ्रष्टाचार के हो, यसका विभिन्न आयाम, आयोगको रणनीति, नियन्त्रणका लागि चालिने र चालिएका कदम, कसरी भ्रष्टाचार हुन्छ, नेपालमा हुने भ्रष्टाचारका प्रकृति र प्रवृत्ति, नियन्त्रणका लागि के गर्न सकिन्छ र भ्रष्टाचारको चंगुलबाट जोगिन जनप्रतिनिधि र कर्मचारीहरुले के कस्तो सजगता अपनाउने भन्ने विषयमा मसिनो गरी जानकारी गराएका थिए ।
प्रस्तुति पछि सहभागीहरुका तर्फबाट प्रश्न र जिज्ञासाहरु माग गरिएको थियो । सोही क्रममा कार्यक्रमको प्रमुख अतिथि रहेको दमक नगरपालिका प्रमुख राम कुमार थापाले आयोगले उजुरी नपरीकनै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा छापा मार्न सके कसैले पनि भ्रष्टाचार गर्न आँट नगर्ने र सजग रहने बताए । तर उजुरी परेपछि पनि सो सम्बन्धी मुद्दाको छिनोफानो गर्ने कुरामा आयोगले ढिलाइ गर्न पनि नहुने दमक नगर प्रमुख भ्रष्टाचार…थापाको सुझाव थियो । दमक नगरपालिकामा भने जनप्रतिनिधि र कर्मचारीहरु आफ्नो कामप्रति जवाफदेही र इमान्दार रहेको उनले जानकारी गराए  । नगर उप(प्रमुख रेगिना भट्टराई प्रसाईले उजुरी गरेको आधारमा छानविन र अनुसन्धान गर्दा व्यक्तिको सामाजिक प्रतिष्ठा र मर्यादामा आँच आउने हुँदा यस्तो मुद्दाको छिनोफानो र किनारा जतिसक्दो चाँडो लगाउन आयोगलाई सुझाव दिइन् ।
सहभागीहरुको जिज्ञासा र प्रश्नको जवाफ दिँदै कार्यक्रमको अध्यक्षता गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी कार्यालयका प्रमुख तथा सहसचिव सुरश न्यौपानेले ऐन नियमको बर्खिलाप हुनेगरी कसैले पनि काम गर्न नहुने तर्फ सबैलाई सजग गराए । उनले खासगरी जनप्रतिनिधिहरुले नागरिकता, घरबाटोको सिफारिस लगायतका काम गर्दा विशेष ध्यान पुर्‍याउन र चनाखो हुन आग्रह गरे । पालिकाका वडा कार्यालयहरुमा सबैभन्दा धेरै नागरिकहरु सेवाका लागि जाने भएकाले काममा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । अर्कातर्फ मालपोत तथा नापी जस्ता कार्यालयमा विचौलियाका कारण अनियमितता र भ्रष्टाचारले प्रश्रय पाएको भएपनि आफूहरुलाई सूचना आए सम्बन्धितलाई कारवाही गरिने पनि उनले प्रष्ट पारे।

Author

You may also like