दमक/ दमक जेसीज बर्ष २०२५ को लागि नवनिर्वाचित समितिले शनिबारदेखि औपचारिक रुपमा पदभार सम्हालेको छ ।
दमक जेसीजको सम्पन्न ४४ औं बार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहदेव भट्टराई नेतृत्वको टिमले औपचारिक कार्यक्रमबीच पद हस्तान्तरण गरि जिम्मेवारी सम्हालेका हुन् ।
दमक ८ स्थित कस्मिक पाटी प्यालेसमा शनिवार साँझ आयोजित कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष भट्टराईलाई वर्ष २०२४ का अध्यक्ष रामचन्द्र अधिकारीले अध्यक्षको चेन प्रदान गरेका थिए ।
कोशी प्रदेश सभाका सभामुख अमर बिष्टको प्रमुख आतिथ्यमा आयोजित पदहस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय होमबहादुर थापा र गोपाल तामाङ तथा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक ७ का वडाध्यक्ष तथा निमित्त नगर प्रमुख भिमप्रसाद पौडेल विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा दमक जेसीजका नवनिर्वाचित अध्यक्ष भट्टराईले महासचिवमा राजेन्द्र बिमलीसहित कोषाध्यक्षमा सरोज ढकाल, कानुनी सल्लाहकारमा साजन श्रेष्ठ, प्रकरण निर्देशकमा पंकज पोखरेल, सचिवमा उत्सब प्रसाईलगायत विभिन्न संयोजकहरू मनोनित गरी कार्यसमितिलाई पूर्णता दिएका दमक जेसीजका जनसम्पर्क अधिकारी बिशाल अधिकारीले जानकारी दिए ।