अपराध देश–समाज समाचार स्थानीय

झापामा गौहत्याको शृंखला बढ्दो : अर्जुनधारामा पनि गौहत्या, एक जना पक्राउ

दमक/ झापाको कनकाई ३ टप्पुमा लैनो गाईको हत्यामा संलग्नलाई सार्वजनिक गर्न नपाउँदै फेरी झापाको अर्जुनधारामा अर्को गौहत्या भएको छ ।
कनकाई ३ मा गौहत्या भएको दुई दिनपछि नै अर्जुनधारामा पनि अर्को गौहत्या भएको हो । अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अबस्थामा बुधबार राति इलाका प्रहरी कार्यालय बिर्तामोडले ५० वर्षीय राम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि कनकाई ३ टप्पुमा लैनो गाई काटेर हत्या गरिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम, आलमकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ बस्ने २० वर्षीय दिलवर हुसेन र हुसेनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो । उनीहरुले लीलाप्रसाद सिलवालको गाई चोरीगरी लीला संग्रौलाको घरमा ल्याएर काटेका थिए । झापा जिल्ला अदालतबाट गाई गोरु मार्न प्रतिबन्ध रहेको पशुपंछीसम्बन्धी ऐन कसुरमा उनीहरुलाई ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Author

You may also like