स्थानीय

मैथिलीद्धारा दमकमा खुल्ला रक्तदान

दमक । मैथिली सेवा समितिले दमकमा शुक्रवार आयोजना गरेको खुल्ला रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ५४ जनाले रगतदान गरेको आयोजक संस्थाका अध्यक्ष कृष्ण साहले बताए ।
गर्मीका समयमा रगतको अभाव हुन नदिन संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरु गरिआएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका उपाध्यक्ष राजीव पूर्वे, कोषाध्यक्ष सन्तोषकुमार साह, सामाजिक युवा व्यक्तित्वहरु सागर खनाल, दुर्गा चम्लागाई, भरत दुलाल लगायतले रगतदान गरेका थिए ।
दमक ७ का वडाअध्यक्ष तथा कार्यवहाक नगर प्रमुख भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा सहभागी रक्तदाताहरुलाई मायाको चिनो स्वरुप फूलको विरुवा प्रदान गरिएको थियो । कार्यक्रममा दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा लगायत मैथिली सेवा समितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Author

You may also like