देश–समाज समाचार स्थानीय

पुस्तक बेच्दै वैज्ञानिक महावीर पुन दमकमा

दमक/वैज्ञानिक महाविर पुन दमकमा आइपुगेका छन् । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । पुस्तक बिक्रीकै क्रममा सुनसरी, मोरङ हुँदै झापा छिरेका हुन ।
झापाको दमकमा उनलाई दमक उद्योग वाणिज्य संघले स्वागतसम्मान गरेको छ । दउवा संघले पुनको अभियानमा साथ र सहयोग गर्न सबैलाई उहाँको पुस्तक खरिद गर्न आब्ह्वान समेत गरेको अध्यक्ष गोपाल गुरागाईले बताए । यस अघि पुनले मोरङको उर्लाबारीमा पुस्तकहरु बिक्री गरे ।
दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन पुस्तक बिक्रीमा लागेका पुनले दमक आइपुग्दासम्म ४३३ दिन ४२ जिल्लामा २ लाख भन्दा बडी पुस्तक बिक्रि गरि ११ करोड भन्दा बडी रकम संकलन गरिसकेको बताएका छन् । दमकमा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगायत उद्यमी, व्यवसायी, समाजसेवीसँग भेटघाट गरेर पुस्तकहरु फटाफट बिक्री गरिरहेको र विहानदेखि नै दमकमा १ हजार बढी पुस्तक बेचिसकेको पुनले सुनाए । दउवाका अध्यक्ष गुरागाईले पवित्र उद्देश्यका लागि उहाँको योजनामा साथ र सहयोग पुग्ने भएकोले उहाँको पुस्तक खरिद गरेर सानो सहयोग गरेको बताए ।

Author

You may also like