२० असार, दमक। साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १४२७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर १४४३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १६०० रुपैयाँले बढेर प्रतितोला १४३६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।