१९ असार, दमक। दमकमा रहेको सानो प्रयास युवा समाज र लायन्स कल्ब अफ दमक गरिमाको संयुक्त आयोजनामा दमक ४ श्री कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सोमबार विद्यालयमा एक कार्यक्रमकाबीच विद्यालयका १०४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयले छनोट गरेर पठाएका गरिब, दलित तथा जेहेन्दार विद्यार्थीलाई ५–५ वटा कापि सहित अन्य शैक्षिक सामग्री वितरण गरिएको सानो प्रयास युवा समाजका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
यसका साथै सोही विद्यार्थीका ३२ विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक पनि वितरण गरिएको थियो । कार्यक्रमका आफ्नो विचार राख्दै लायन्स कल्ब अफ दमक गरिमाका अध्यक्ष राम पौडेलले वितरण गरिएका सामाग्रीहरुको उचित सदुपयोग हुनुपर्ने र यसका लागि विद्यालयले निगरानी गर्नु पर्नेमा कुरा बताए । कार्यक्रममा लायन्स क्लबका विभिन्न नेतृत्वहरुको, सानो प्रयास यूवा समाजका पदाधिकारी र शिक्षक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।