देश–समाज मुख्य

प्रेम र मनकुमारलाई प्रेस काउन्सिल पुरस्कार

दमक, ७ असोज-
नेपाल प्रेस काउन्सिलको ५४ औं स्थापना दिवसको अवसरमा शनिबार झापाका ३ पत्रकार पुरस्कृत भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल र सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले झापाका पत्रकार सहित विभिन्न जिल्लाका पत्रकारहरुलाई पुरस्कार प्रदान गरेका छन् । प्रेस काउन्सिल कृयाशिल पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्स दैनिक विर्तामोड संवाददाता प्रेमकुमार आचार्य पुरस्कृत भएका छन् । झापाकै मणिराज (मोहन) बास्तोलालाई पनि सोही पुरस्कार प्रदान भएको छ ।
प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट दमकका मनकुमार गदाल पुरस्कृत भएका छन् । रेडियो किङ दमकका स्टेशन मेनेजर रहेका गदाल विगत २२ वर्षदेखि निरन्तर पत्रकारितामा गर्दै आएका छन् । उनी प्रेस चौतारी झापाका अध्यक्ष समेत रहेका छन् ।

You may also like