मुख्य विज्ञान/प्रविधि

श्रीलंकाले कक्षा आठदेखि नै एआई पाठ्यक्रम लागू गर्ने

कोलम्बो । श्रीलंकाको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिशमा मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो ।

सरकारको सूचना विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिनेछ । परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलंका नेसनल इन्स्टिच्युट अफ एजुकेशनको सिफारिशका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागु गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा आठदेखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ ।

मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ । रासस/सिन्हृवा ।

Author

You may also like