मुख्य

टिपरको ठक्करबाट पौडेलको मृत्यु

दमक, माघ २८ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा गम्भीर घाइते बन्नु भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते हुनु भएको छ । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले जनाकारी दिनु भयो ।

You may also like