खेल

गौरीगञ्जमा अध्यक्षकप तेक्वान्दो

गौरीगञ्ज, २३ माघ । गौरीगञ्जमा पहिलो पटक सम्पन्न भएको जिल्ला स्तरीय वडाध्यक्षकप तेक्वान्दो प्रतियोगितामा गौरीगञ्ज तेक्वान्दो डोजाङ प्रथम भएको छ ।

गौरीगञ्ज तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न प्रतियोगितामा टिमका प्रमुख रुपक राई सहितको गौरीगञ्ज तेक्वान्दोको टोलीले प्रथमस्थान हाँसिल गर्दा जयपुर तेक्वान्दो डोजाङ दोस्रो र खुदुनावारी तेक्वान्दो डोजाङ तेस्रो भइ पुरस्कार हात पारेको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको वडाध्यक्ष श्रवण गिरीले जनाए ।

You may also like