कला/साहित्य/संस्कृति समाचार

सिमसार दिवसमा कला प्रदर्शनीको तयारी

मोरङ, १७ माघ। मोरङको पथरी शनिश्चरे नगरमा विश्व सिमसार दिवसका अवसरमा सिमसारसँग सम्बन्धित कला प्रदर्शनीको तयारी गरिएको छ ।
पथरी शनिश्चरे वडा नम्बर १ को शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा माघ १९ गते शान्ति भूल्के सिमसार क्षेत्रमा सिमसार दिवस मनाउने क्रममा ललितकला संगम विराटनगरसँगको सहकार्यमा एभरेष्ट आर्ट फ्यूजनमार्फत कला प्रदर्शनी गरिने भएको हो । सो अवसरमा, नगरका विद्यालयस्तरीय चित्रकला प्रतियोगिता समेत सञ्चालन गर्ने निणर्य भएको फ्यूजन अध्यक्ष प्रेमकला घिमिरे ढुंगानाले जनाइन् । प्रदेश नम्बर १ का वन मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यमा हुने कार्यक्रम भव्यताकासाथ मनाउने निर्णय सहित संघसंस्थाहरुसँग सहकार्य गरिएको शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले जनाए । कार्यक्रममा विभिन्न विद्यालयबाट सिमसार संरक्षणको सन्देश बोकेको व्यानर र पम्प्लेट सहित चोकमा र्याली निकालिने र सिमसार क्षेत्रमा चित्रकला प्रदर्शनीका साथै धिमाल जातिको साँस्कृतिक नृत्य प्रस्तुति सहितका कार्यक्रम रहने उनले बताए । साथै सो दिन विश्व वातावरण दिवस र सिमसार सम्वन्धी अन्तरक्रिया समेत हुनेछ ।

You may also like