अर्थ समाचार

सदस्यको विश्वास जित्दै सूर्य साकोस

उर्लाबारी, १७ माघ। मुलुकका विभिन्न बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुले सदस्यहरुको बचत कुम्ल्याएर भाग्ने गरेका कारण असल सहकारीहरु समेत शंकाको घेरामा पर्ने गरेकाछन् । तर सञ्चालकहरुको इमान्दारिताले मोरङको उर्लाबारी ६, सूर्यचौकस्थित सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्यहरुको विश्वास जित्न सफल भएको छ । संस्थाले गरेको प्रगतिका कारण सदस्यहरुको आकर्षणकाबीच कर्मचारीहरुको आन्तरिक कमजोरीका कारण शंकामा परेको संस्था पुःन सदस्यहरुको विश्वास जित्न सफल भएको हो । गलत मनसाय राखेर किर्ते व्यवहार गर्ने बजार प्रतिनिधिलाई कार्बाही र हिनामिना गरेको रकम असुल उपर गरी सदस्यहरुको रकम दिलाई दिएपछि संस्था पुःन सदस्यहरुको विश्वास जित्न सफल भएको सेयर सदस्य कृष्णमाया पौडेल र आरती भूजेलको बुझाई छ । आºना सदस्यहरुबाट संकलन गरेको रकम खातामा नचढाई मनोमानी गरी संस्थालाई बद्नाम गराउने बजार प्रतिनिधिलाई कार्बाही र हिनामिना गरेको रकम असुलउपर गरेर सदस्यहरुको रकम दिलाई दिएपछि सवैको विश्वास जित्न सफल भएको संस्थाका अध्यक्ष तेजनाथ घिमिरेको भनाई छ । ग्रामिण भेगका सर्वसाधारणलाई सेवा दिएर सहयोग पु¥याउदै आएको संस्थाले कोरोनाकालमा समेत कुनै क्लेस नलागी सेवा प्रदान गरेको अध्यक्ष घिमिरेको भनाई छ । विगत कोरोना कालमा समेत लगातार ७ बर्षसम्म १८ प्रतिशत लाभांश (वोनस) दिन सफल संस्थाले विश्व आर्थिक मन्दिको चपेटामा परेको अहिलेको अवस्थामा पनि १५ प्रतिशत लाभांश दिन सफल भएको घिमिरेले बताए ।
सदस्यहरुको अपनत्व जगाउन सुत्केरी तथा नवजात शिशु भेटघाट, नव दुलहीलार्इृ १० कित्तासम्मको शेयर निःशुल्क, वार्षिक उत्सवमा नगरकै नमूना हुने गरी रक्तदान गरेर रगत संकलन, धार्मिक तिर्थाटन, ज्येष्ठ सदस्य तथा एकल महिला सम्मान, असल ऋणी तथा उत्कृष्ठ बचतकर्ता पुरस्कृत, सदस्यको परिवारमा समवेदना, नेपाल सरकारबाट तोकेका दीर्ध रोगीकालागि राहत कोष, साथै सदस्यको मृत्यु भएमा सदस्य सुरक्षण कोष बापत ५० हजार रकम परिवारलाई हस्तान्तरण गरिदै आएको उपाध्यक्ष नारदमणि नेपालले जनाए । सदस्यले जम्मा गरेको रकम आवश्यकता परेको बेला फिर्ता गराउन समस्या नपर्ने कार्यालयका कार्यकारी प्रमुख मदनकृष्ण बरालले बचनबद्धता ब्यक्त गरे ।
सस्थाका सचिव गोपालप्रसाद भट्टरँईका अनुसार, २०५७ सालमा २७ जनाबाट जनही १÷१ हजार रकम संकलन गरी ग्रामिण समुदायमा स्थापित सहकारी संस्थामा हाल ३ हजार ४ सय ५६ सदस्य रहेका छन् । १ कट्ठा साढे ३ धुर जमिनमा बनेको संस्थाको आप्mनै निजी भवनमा कार्यालय सञ्चालन हुदै आएको छ । १ करोड ८० लाख ५१ हजार ५ सय शेयर प“ूजी भएको संस्थाको जगेडाकोष १ करोड २६ लाख २४ हजार ९ सय ४६ र कुल सम्पत्ति १९ करोड ४९ लाख ९३ हजार ६ सय १४ रुपैया“ रहेको सस्थाका कोषाध्यक्ष्ाँ दिपक भट्टराईले जानकारी दिए ।
‘हाम्रा नराम्रा कुरा सुने हामीलाईनैं सुझाव दिनु, हाम्रा राम्रा कुरा सुने अरुलाई सुनाउनु’ भन्ने उद्घोष लिएर स्थापित संस्थाको सूर्यचौकमा मुख्य कार्यालय, उर्लाबारी चौक र मिक्लाजुङको धोवेनीमा सेवाकेन्द्र रहेको छ । हाल उर्लाबारी र मिक्लाजुङलाई कार्यक्षेत्र रहेको भएपनि भविष्यमा अन्यत्र पनि बिस्तार गर्ने लक्ष्य रहेको संस्थालाई नेपालकै अब्बल बनाउने प्रण लिएर समिति लागिपरेको कोषाध्यक्ष भट्टराईले उल्लेख गरे ।

You may also like