राजनीति

राष्ट्रियसभा निर्वाचन सुरू

दमक, ११ माघ। राष्ट्रियसभाको बिहीबार (आज) निर्वाचन सुरु भएको छ । १९ पदका लागि विहान ९ देखि दिउँसो ३ बजेसम्म हुने समय तालिका रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए । सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुने छन् । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म सोमबार राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको भएपनि सो अवधिमा प्रचार प्रसार भएको पाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रमुख जिल्ला अधिकारीमार्फत आचारसंहिता उल्लंघनका बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न निर्देशनन दिएको छ ।
निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । सो निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

You may also like