मुख्य

दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा न। १० र तुलसीपुर १७ मा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मङ्गलवार राति तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा राति १० बजेतिर मोटरसाइकलको ठक्करबाट घाइते भएका सोही ठाउँका ५९ बर्षीय हाउले चौधरीको मृत्यु भएको हो । उहाँलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताउनुभयो । ठक्कर दिने मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका १७ का २४ वर्षीय सबिन चौधरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उहाँको मृत्यु भएको छ । विजौरीदेखि डुरुवा सडकखण्डमा आफैले चलाएको रा ५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा घाइते भएका सविनको उपचारका क्रममा आज साँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author

You may also like