दमक, १६ पुस।
साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ८ दशलमव ७५ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ६० दशमलव १५ विन्दुमा कायम भएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशलमव ०९ प्रतिशत घटेको छ । ३०६ धितोपत्रमध्ये ३०६ धितोपत्रको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर १ लाख २ हजार ९०५ पटकमा रू. ४ अर्ब ४८ करोड बराबरको शेयर कारोबार भएको हो ।
कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र चिरख्वा हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको छ ।
सोमवार सबैभन्दा बढी मोलुङ्ग हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ०९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७५ मा झरेको छ ।
शेयर मूल्य सबैभन्दा बढी घट्ने सूचीमा दोस्रोमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ६ दशलमव ५९ प्रतिशत घटेर रू. २७८ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. २० करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७९ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छ । कम्पनीको रू. २० करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ७२ प्रतिशत घटेको छ भने लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक समानदरमा १ दशलमव ०७ प्रतिशत वृद्धि भएको छ ।