स्थानीय

थ्रेसरमा बेरिएर मृत्यु

दमक, ५ पुस।

झापा गाउँपालिका २ मा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्र.१-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनबाट धान पेलेर झार्ने क्रममा टुडु अचानक बेरिएका थिए । उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाइएको छ ।
उता, मेचीनगर १० धाइजन ढाँटमा चिसोले कठाङ्ग्रिएर वेहोश भएकी बेबारिसे महिलाको मृत्यु भएको छ । मागेर खाइरहेकी अन्दाजी ३० वर्षीया ती महिला तीन दिन अघिदेखि धाइजन ढाँटमा चिसोमा डुलिरहेको अवस्थामा कठांग्रिएर सडकमा बेहोस् बनेकी थिइन् । वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग लिएर महिलाको उद्धार गरेर प्रादेशिक अस्पताल भद्रपुर लगेपनि त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जनाए ।

You may also like