मुख्य

सुत्केरी र मृतक परिवारलाई खर्च

इलाम,५ पुस ।

इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराएर उहाहरणीय कार्य गरेको छ ।
सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई ५ हजारका दरले १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिएका छन् । उनका अनुसार चालु आवको पहिलो त्रैमासिकमा मात्र एक सय १० जना सुत्केरीले पोषण भत्ता लिएका छन् ।
पहिलो त्रैमासिकमा सुत्केरीले पोषण भत्ताबापत ५ लाख ५० हजार खर्च भएको उनले बताए गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले प्रष्ट्याए । सुत्केरी पोषण भत्ता एक महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ । नगरपालिकाले चालु आवमा यस कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ ।
त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत ५ हजार उपलब्ध गराउँदै आएको छ । दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको छ । गत आवमा नगरभित्रका १ सय ९० जना मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ । दाहसंस्कारबापत गत वर्ष नौ लाख ५० हजार खर्च भएको थियो ।

Author

You may also like