दमक,१४ मंसिर
होटल ब्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजन दंगाललाई मातृशोक परेको छ । दमकका होटल व्यवसायी दंगालकी ममतामयी आमा नर्वदादेबी दंगालको बुधबार दिनको ३ बजेर ५ मिनेटमा निधन भएको छ । उनको बिहीबार बिहान ९ बजे कनकाई माईमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । ८७ वर्षीय आमालाई मुटु, फोक्सो र दमको समस्या भएको दंगालले जानकारी दिए । उनका ५ छोरा र ४ छोरी छन् ।
