मुख्य स्थानीय

आस्था प्रवेशद्वारको उद्घाटन

दमक।११ मंसिर
दमक नगरपालिका–४ स्थित आस्था टोलमा आस्था प्रवेशद्वारको समुद्घाटन गरिएको छ । आस्था कलेज जाने बाटोमा पर्ने सो प्रवेशद्वारको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले आइतबार एक संक्षिप्त कार्यक्रमका बीच रिवन काटेर समुद्घाटन गरे ।
नगर प्रमुख थापाले त्यस अवसरमा नगरका विभिन्न क्षेत्रमा बन्ने गरेका यस्ता प्रवेशद्वारहरुले शहर तथा टोलको शोभा र सुन्दरता बढाउने समेत बताए । आस्था प्रवेशद्वार दमक नगरपालिकाको सहयोमा आस्था टोल विकास संस्थाले निर्माण गरेको बताइएको छ ।
प्रवेशद्वार समुद्घाटनका बेला दमक–४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल, दमक–७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराई, स्थानीय सामाजिक व्यक्तित्वहरु तथा आस्था कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Author

You may also like