ओखलढुंगा, १९ कार्तिक
करदाता सेवा कार्यालय ओखलढुंगाले तिहार नजिकिएको अवस्थामा बजार अनुगमन् अघि बढाएको छ ।
चाडपर्वमा उपभोग्य वस्तुको अवस्थालाई अझ ध्यान दिएर उपभोक्तालाई सहजता प्रदान गर्ने र कर तिर्ने कानूनी व्यवस्थाको कार्यान्वयनको विषयलाई मध्यनजर गर्दै आफ्नो नियमित कार्य अन्तर्गत बजार तथा मदिरा पसल अनुगमन गरिएको कार्यालयले जनाएको छ ।

जुनसुकै दिन पनि बजार अनुगमन् हुन सक्ने भएकाले करदाताहरुले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न, व्यवसाय दर्ता प्रमाणपत्र लिन, करपाटी, अन्तशुल्क इजाजतपत्र सबैले देख्ने ठाउँमा राख्न, खरिद खाता बिक्री खाता नियमित रुपमा अभिलेख राख्न व्यवसायीलाई अनुरोध गरिएको छ । साथै मदिराजन्य पदार्थ इजाजत लिएर मात्र बेचबिखन तथा अनिवार्य रुपमा बिल बिजक लिने दिने गर्नुपर्ने उल्लेख गर्दै अन्यथा जरिवाना गरिने कुरा सूचित गरिएको छ । यसक्रममा केहि पसलहरुमा जरिवाना समेत गराइएको थियो ।
कार्यालय प्रमुख कर अधिकृत धिरेन्द्र बस्नेतको अगुवाईमा कर्मचारीहरु विनोद पोखरेल, सचिनदेव भट्टराई र मनोज राउतको टोलीले बजार अनुगमन् गरेको थियो ।